डेन्टल पढ्न ‘खुराफाती आइडिया’ : भर्नाका बेला भारतीय, उतीर्ण हुनासाथ नेपाली ?
रामप्रसाद न्यौपाने / काठमाडौँ, २१ साउन – डेन्टल पढ्नका लागि दिएको प्रवेश परीक्षामा अनुतिर्ण भएका नेपाली विद्यार्थी तत्कालै भारतीय बनेर अध्ययन गर्ने गरेको भेटिएको छ । उनीहरुले अध्ययन सकेपछि भने पुन नेपाली विद्यार्थीको रुपमा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका छन् ।
नेपाली विद्यार्थीले पढ्नका लागि प्रवेश परीक्षा अनिवार्य रुपमा उत्तीर्ण हुनुपर्ने तर भारतीय नागरिकलाई कुनै परीक्षा दिन नपर्ने भएपछि यस्तो ‘खुराफाती आइडिया’ लगाएको बुझिएको छ ।
चिकित्सकहरुको प्रमाणपत्र छानवीन गर्ने अभियान चलाएको काउन्सिलले उजुरीको आधारमा एक कलेजको प्रमाणपत्र छानवीन गर्दा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु भारतीय बनेर नेपालमै अध्ययन गरेको भेटिएको थियो ।
काउन्सिल स्रोतका अनुसार बीरगञ्जस्थित एमबी केडिया डेन्टल कलेजमा अध्ययन गरेका विद्यार्थीको प्रमाणपत्र छानवीन गर्दा यस्तो भेटिएको हो । हरेक बर्ष ३० वटा सीटमा बीडीएस अध्ययन् गराउने सो कलेजको शैक्षिक सत्र २०६३ /०६४ र ०६४/ ०६५ व्याचका गरी ६० जना विद्यार्थीको प्रमाणपत्र भिडाउदा २० जना नक्कली भारतीय बनेर अध्ययन गरेको पाइएको थियो ।
उनीहरुले भर्नाका बेलामा भारतीय नागरिक भएको प्रमाणपत्र र साथै शैक्षिक प्रमाणपत्र पेश गरेका थिए तर पढाई सकेर लाइसेन्स लिने बेलामा काउन्सिलमा नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेका थिए ।
काउन्सिलले छानवीन गर्दा झुटो विवरण पेश गरेको लागेपछि थप जानकारीका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमसंग प्रमाण मागेको थियो । त्यस लगत्तै आइओएमका सहायक डीन प्राडा शरदराज वन्तले भारतीय नागरिक भएकोको खुल्ने दस्तावेज सहितको विवरण पेश गरेका थिए । सोही आधारमा उनीहरुले नक्कली विबरणका आधारमा भारतीय विद्यार्थी बनी अध्ययन गरेको पाइएको हो ।
‘उनीहरुले भर्नाका बेलामा भारतीय नागरिक भएको प्रमाणपत्र र साथै शैक्षिक प्रमाणपत्र पेश गरेका थिए तर पढाई सकेर लाइसेन्स लिने बेलामा काउन्सिलमा नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेका रहेछन,’ काउन्सिलका एक अधिकारीले भने, ‘खुराफाती आइडिया लगाएर अध्ययन गरेका ती सबैको अब छानवीन अघि बढछ ।’
त्यसो त काउन्सिलले यो केशलाई समेत नक्कली शैक्षिक प्रमाणपत्रको छानवीन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीलाई यसको समेत जिम्मा दिन लागेको जनाएको छ । त्यसमा भर्नाका लागि अनुमति दिने विश्वविद्यालय, भर्ना गर्ने कलेज समेत छानवीनको दायरामा ल्याउने बताएका छन् ।
उनीहरुले नक्कली शैक्षिक प्रमाणपत्रको छानवीन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीलाई यसको समेत जिम्मा दिन लागेको बताएका छन् । भर्नाका लागि अनुमति दिने विश्वविद्यालय, भर्ना गर्ने कलेज समेत छानवीनको दायरामा ल्याउने बताएका छन् ।
‘एक दुई जना भएको भए पो झुक्यायो भन्ने हुन्छ ? ३० जना भर्ना लिँदा १४ जना नक्कली भारतीय बनेर भर्ना हुन्छन् भने त्यसमा कलेजको मिलोमतो छैन भन्ने के आधार हुन्छ ? ‘ काउन्सिलका एक सदस्यले प्रश्न गरे । उनले यसमा भर्नाका लागि सहयोग गर्ने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम र कलेज स्वयंको मिलोमतो भएको दावी गरे ।
नेपाली हेल्थलाई प्राप्त डकुमेन्टमा भारतीय विद्यार्थी बनी पढेका नेपाली विद्यार्थीले लाइसेन्स लिने बेलामा भने नेपाली नागरिकता पेश गरेका छन् ।
‘मार्कसिट, ट्रान्सकिप्ट तथा नागरिकता पेश गरे पुग्ने भएपछि उनीहरुले यस्तो आइडिया लगाएका हुन् । काउन्सिल सदस्य डा. सतिशकुमार देवले भने । उनले भने, ‘काउन्सिलको परीक्षाका लागि नागरिकता नागरिकता अनिवार्य हुन्छ । शैक्षिक प्रमाणपत्रमा यो कुन देशको नागरिक हो भन्ने खुल्दैन त्यसैको फाइदा लिएको हुनुपर्छ ।’
यी हुन् नक्कली भारतीय बनि नेपालमै डेन्टल पढ्ने नेपालीहरु :
सम्पर्क इमेल : [email protected]