काउन्सिलद्धारा चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, एमबीबीएसमा ७३.४६ र बीडीएसमा ६०.४० प्रतिशत उत्तीर्ण

4.8k
Shares

nmc

काठमाडौँ, १६ साउन – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सा दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार एमबीबीएस तर्फ ७३.४६ र बीडीएस तर्फ ६०.४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षामा सहभागी हुनका लागि एमबीबीएस तर्फ १ हजार ३० जनाले फारम भरेका थिए । तर शनिबारको परीक्षामा ५ जना विद्यार्थी सहभागी भएनन् । १ हजार २५ जनाले परीक्षा दिएकोमा ७५३ जना उत्तीर्ण (७३.४६ प्रतिशत) भएका थिए । २७२ जना भने परीक्षामा उत्तीर्ण हुन सकेनन् ।

त्यस्तै बीडीएस तर्फको लाइसेन्स परीक्षाका लागि १४४ जनाले फारम भरेका थिए । ती मध्ये ८७ जना(६०.४०) प्रतिशत उत्तीर्ण भएका छन् । बाँकी ५७ जना भने उत्तीर्ण हुन सकेनन् ।

परीक्षा शनिबार विहान ९ देखी १२ बजेसम्म स्वयम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *