सरकार र डा. केसी पक्षबीचको बार्ता सहमति नजिक, डा. केसीसंग आजै सम्झौता हुन सक्ने
काठमाडौँ, ९ साउन – सरकार र डा. गोविन्द केसीबीचको बार्ता सहमति नजिक पुगेको छ । बार्तामा सहभागी एक सदस्यका अनुसार सहमतिमा आजै सम्झौता हुने बताइएको छ ।
प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले लिने सहमति भएपछि अवरुद्ध भएको बार्ता सहमति नजिक पुगेको हो । बार्ताटोली सदस्यहरु केही बेरमा डा. केसीसंग सम्झौता गर्न त्रिवि शिक्षण अस्पतालमा जाँदैछन् ।
यसअघि मन्त्रालयमा भएको बार्तामा पूर्वमुख्य सचिव लिलामणी पौडेल, प्राध्यापक केदारभक्त माथेमा लगायतका व्यक्ति समेत सहभागी थिए । मुख्य समस्या देखिएको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विकल्प निकालेपछि सहमति नजिक पुगेको हो ।
अहिले पौडेल माथेमा सहित केसी पक्षका टोली डाफ्ट सहित त्रिवि शिक्षण अस्पताल पुगेको छ । उनीहरुले डा केसीलाई सबै कुरा बुझाएपछि आजै सम्झौता हुने तयारी गरिएको हो ।
सम्पर्क इमेल : [email protected]