सुशासन समितिमा भोली हुने भनिएको अख्तियार प्रमुख सहितको छलफल दुई दिन पर सर्‍यो

0
Shares

susan samiti copy

काठमाडौँ, ८ साउन – अख्तियार प्रमुखलाई बोलाई काठमाडौँ विश्वविद्यालयको पोष्ट ग्राजुएट्स (पीजी) परीक्षा बारेमा बुझ्ने संसदको सुशासन समितिको आइतबार (भोली) को कार्यक्रम दुई दिन पछाडी सरेको छ । बैठक ११ साउनमा बस्ने बताइएको छ ।

भोली व्यवस्थापिका संसदमा अविस्वासको प्रस्तावमाथि छलफल हुने भएकोले सबै संसदीय समितिहरुको बैठक रोकिएको हो ।

समितिका सभापति मोहनसिंह राठौरलले अख्तियारका पदाधिकारीसंगको छलफल आगामी ११ साउन विहान ८ बजेका लागि तोकिएको जानकारी दिए ।

समितिले शुक्रबार काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पदाधिकारीलाई समितिमा बोलाएर पीजी परीक्षाका बेला अख्तियारले गरेको भनिएको हस्तक्षेपका बारेमा जानकारी लिएको थियो ।

सोही क्रममा केही सांसदहरुले अख्तियारका प्रमुख सहित पदाधिकारीहरुलाई बोलाउनुपर्ने माग राखेपछि भोलीका लागि बोलाउने तय भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *