डा. केसीसंग बार्ता गर्न सरकारले बनायो बार्ताटोली

232
Shares

PM office

काठमाडौँ, ५ साउन – अनसन बसेको ११ दिन पछि सरकारले डा. गोविन्द केसीसंग बार्ता गर्न समिति गठन गरेको छ । अघि साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अघि साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरको हो ।

समितिका अन्य सदस्यमा शिक्षा सचिव विश्वप्रकाश पण्डित र प्रधानमन्त्री कार्यालयका सम्वन्धीत विषय हेर्ने सचिव सदस्य छन् ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले डा. केसीलाई अनसन तोडि वार्तामा आउन आग्रह गरिएको जानकारी दिए । मन्त्री राईले विगतमा डा. केसीसंग भएका सम्झौताहरुको कार्यान्वयनको दिशामा सरकार लागिसकेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *