बेलायती राजकुमार ह्यारीले गराए आकस्मिक रुपमा एचआईभी परीक्षण !

0
Shares

harry1

एजेन्सी – बेलायतका राजकुमार ह्यारीले पहिलोपटक एचआइभी परीक्षण गरेका छन् । गत बिहीबार लण्डनस्थित गाएज एण्ड सेन्ट थोमस हस्पिटलमा गएर आफ्नो रगतको एचआइभी परीक्षण गराएका हुन् । यद्धपी नतिजा नेगेटिभ देखियो ।

ह्यारीले एचआईभी परीक्षण गरिरहँदा राजपरिबारले चलाउने फेसबुकपेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । भिडियो अपलोड गरेको दुई घण्टामा दुई लाख ५० हजारले हेरेको बताइएको छ ।

हस्पिटलमा १ मिनेट भित्रै नतिजा आउने ‘पिन प्रिक टेष्ट’ पद्धतीबाट उनको एचआइभी परीक्षण गरिएको थियो । टेरेन्स हिगिन्स ट्रष्टका अनुसार राजकुमारको एचआइभी परीक्षण एचआईभी जनचेतना फैलाउने उद्धेश्यले गरिएको थियो ।

harry2

उता ३१ बर्षीय राजकुमारले भने एचआईभी परीक्षण गर्न कति सजिलो छ भन्ने कुरा सबैलाई देखाउन आफूले प्रत्यक्ष देखिने गरि परीक्षण गरेको बताए ।

त्यसो त ह्यारीले अस्पतालमा आई एचआईभी परीक्षण गर्दैछन भन्ने कुरा अस्पताल पुग्नु १० मिनेट अघि मात्रै रोयल फेमेलीले चलाउने फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो ।

harry3

harry4

harry5

डेलीमेलको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *