डा. केसी अनसन बस्ने तयारीमा
काठमाडौँ, २६ असार – डा. गोबिन्द केसीले त्रिबि शिक्षणअस्पतालको परिषरमा रहेको गणेशमान भवनको तेस्रो तल्लामा अनसन बस्ने तयारी गरेका छन् ।
उनले आफ्ना केही सहयोगीहरु छलफलका लागि प्रधानमन्त्री कार्यालय बालुवाटार गएकाले उनीहरु आइसकेपछि मात्र अनसन सुरु हुने बताएका छन् ।
यस अघि अस्पताल प्रशासनले डा. केसीलाई अस्पताल परिषरमाअनसन बस्न नदिने संकेत गरे पनि अहिले उनी पहिले जस्तै अस्पतालमै अनसन बस्ने तयारी गरेका हुन् ।
छलफलमा सरकारको तर्फबाट शिक्षा मन्त्री गिरीराजमणी पोखरेल, स्वास्थ्य मन्त्री रामजनम चौधरी र प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल सहितका टोलीको सहभागिता रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]