तीन वर्षीया बालिकाको पेटमा ट्युमर
कालीकोट, २४ असार- जिल्लाको सिपखाना गाविसमा ३ वर्षीया बालिकाको गएको एक वर्षदेखि पेटमा पलाएको ट्युमरका कारण ज्यान नै जोखिममा परेको छ ।
सिपखाना गाविस–२ का व्यासी दर्जीको ३ वर्षीया छोरी नेत्रा दर्जीको ज्यान जोखिममा रहेको हो ।
लामो समयदेखि बिरामी भएकी उनलाई स्थानीय स्वस्थ्य संस्थामा जाँच गर्दा निको भएन । आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जिल्ला बाहिर लैजान नसकेको नेत्राकी आमा सुन्पुराले बताइन् ।
सुरुवातमा पेट बढ्दै गए पछि कुपोषणका कारण बढेको हो भनेर स्वस्थ्यकर्मीले भनेपछि खानाका लागि आफूहरुले ध्यान दिएको भए पनि पछिल्लो समयमा झनझन बढ्दै गएपछि आफूहरुलाई पनि असहज भएको सुन्पुराको भनाइ रहेको छ ।
दिनानुदिन पेट बढ्न थालेपछि फेरि चेकजाँच गर्न खोज्दा ट्युमर नै भएको भनेपछि आफूहरु छाँगाबाट झरेको जस्तो महसुस भएको उनका बाबु व्यासी दर्जीले बताए ।आफूले उपचारका लागि सहयोग गरिदिनु हुनका लागि फेसबुकमार्फत अनुरोध गरेको स्थानीय स्वस्थ्यकर्मी हंसराज न्यौपानेले बताए ।
जिल्लास्थित विभिन्न निकायमा उपचारका लागि सहयोग माग्न बाबु आमासहित जान लागेको बताइएको छ । रासस
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
![k]6sf] 6o'd/n] aflnsf hf]lvddf sfnLsf]6 l;kvfgf–@ sL ltg aifL{of aflnsf g]qf blh{sf] k]6df knfPsf] 6o'd/ b]vfpFb} cfdf ;'Gk'/f blh{ . tl:a/ M ?k]Gb| P]8L, sfnLsf]6, /f;;](https://www.nepalihealth.com/wp-content/uploads/2016/07/tumar.jpg)
