सुस्त तथा श्रवण क्षमता कम भएकालाई छात्रावास

0
Shares

काँकडभिट्टा (झापा), २२ असार – पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ ।

शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास भवनको शिक्षा विभागका महानिर्देशक खगराज बरालले मंगलबार धार्मिक विधिपूर्वक भवनको शिलान्यास गरेका हुन् ।

सुस्त श्रवण तथा सबै प्रकारका अपाङ्ग विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सरकारको मूल लक्ष्य रहेकाले सोही अनुरुप नीति निर्माण गर्ने र बजेट विनियोजन हुने महानिर्देशक बरालले बताए ।

पूर्वाञ्चल विकास क्षेत्रमा माध्यमिक तहसम्म बहिराका लागि पढाइ हुने एक मात्र सो विद्यालयमा विभिन्न जिल्लाबाट आएका विद्यार्थी अध्ययन गर्छन् । घर टाढा भएकाले कोठा भाडामा लिएर अध्ययन गरिरहेका छन् । उनीहरुलाई अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले छात्रावास निर्माण गर्न लागेको विद्यालयका निमित्त प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *