नक्कली आरोपित डाक्टर मनिष अर्याल जेल चलान
काठमाडौँ, २० असार – सुनसरीबाट पक्राउ परेका नक्कली प्रमाणपत्रधारी डाक्टर मनिष अर्याल जेल चलान भएका छन् । अदालतले मागेको धरौटी बुझाउन नसक्दा अर्याल आइतबार जेल चलान भएका हुन् ।
जिल्ला अदालत सुनसरीले उनीसंग ३२ लाख २५ हजार रुपैया“ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । उनी परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए । चिकित्सा पेशाबाट कमाएको आम्दानीलाई प्रहरीले बिगो दाबी गरी ठगी मुद्दा दायर गरेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]