गर्भवती महिलाको मृत्यु पछि कोशी अञ्चल अस्पतालमा तनाव
इटहरी, ११ असार – कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकको लापर्वाहीका कारण इटहरी उपमहानगरपालिकाकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।
इटहरी उपमहानगरपालिका–८ स्थित गैसारकी २७ वर्षीया सविता महतको शुक्रबार दिउँसो १ बजेसम्म स्वास्थ्यस्थिति ठीक भएको चिकित्सकले बताए पनि एकाएक उनीहरुले नै शिशुको चाँहि आमाको पेटभित्रै मृत्यु भएको जानकारी दिएर सविताको उपचारमा गम्भीर लापर्वाही गरेको आफन्तले आरोप लगाएका छन् ।
आफन्तले जसरी भए पनि आमाको ज्यान जोगाउन अपिल गर्दा आमालाई केही नहुने भन्दै चिकित्सकले आश्वासन दिँदै आएको र आफूले डाक्टर र नर्सलाई पटक पटक अवस्थाको बारेमा जिज्ञासा राख्दासमेत अप्रेशन नगरी सामान्यरुपमै मृतक शिशु निकाल्न सकिने बताउँदै आएका थिए ।
शुक्रबार राति शिशु निकाल्ने प्रयास भइरहेका बेला अकस्मात नर्सले यहाँ उपचार सम्भव नभएकाले अर्कै कुनै राम्रो अस्पताल लानु भन्दै डिस्चार्ज पत्र थमाएपछि आफन्तमा खैलाबैला भएको र चिकित्सकले गरेको चरम लापर्वाहीका कारणले सविताले समेत ज्यान गुमाउनुपरेको उनीहरुले बताएका छन् ।
सविताको स्वास्थ्यस्थिति ठीक भएको भन्दै उपचार गर्दै आएको कोसी अञ्चल अस्पतालले राति सविताको ज्यान गइसकेपछि अन्यत्र रिफरको अभिनय गरेको र अस्पतालले सवितालाई अन्यत्र रिफर गरेको पत्र शुक्रबार राति दिए पनि त्यसमा लेखिएको मिति भने शनिबार असार ११ गते उल्लेख छ ।
शनिबार मृतकको संस्कार गर्न इटहरीस्थित बुढिगङ्गामुना मुक्तिघाटमा लगिए पनि शिशुसमेत मृतकको पेटमानै छ भन्ने सूचना पाएपछि इटहरी प्रहरीको एक टोली घाट पुगी दाहसंस्कार रोक्न भनेको थयो । तर प्रहरीले शिशुको ज्यान आमाको पेटभित्रै गइसकेको जानकारी पाएपछि रोकिएको संस्कार सम्पन्न भएको थियो ।
विराटनगरस्थित अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोख्रेलले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याउने क्रममै महिलाको मृत्यु भइसकेको अनौठो जवाफ दिनुभयो । शुक्रबार दिउँसै अस्पताल लगिएकी सवितालाई राति रिफर गरिएको र मिति आजको राखिनुले पनि अस्पतालको लापर्वाहीको आशंका गरिएको छ । रासस
सम्पर्क इमेल : [email protected]
Negative news like these would bring more negativism towards hospitals and medical personnel in Nepal. It would be better to file a case and declare it negligence only if found guilty by the court.
(just do not correlate all hospital deaths to being a negligence case; a true case of negligence would be suppressed and doctors would go for SAFER PRACTICE with far more unnecessary referrals to a center with similar results but with better doctors’ safety)