नक्कली चिकित्सकबाट पीडित भएका बिरामी खोज्दै प्रहरी

0
Shares

doctor

काठमाडौँ, ७ असार – नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकामध्ये केही गम्भीर प्रकृतिको उपचार पद्धतिमा समेत संलग्न रहेको खुलेपछि प्रहरी पीडितको खोजीमा जुटेको छ ।

पक्राउ परेका ३६ मध्ये १० जना सर्जरीलगायत गम्भीर प्रकृतिको चिकित्सा अभ्यासमा समेत संलग्न रहेको खुलेसागै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूबाट उपचार लिँदा पीडित भएकाको खोजी गर्दै पीडित वा पीडितका परिवार भए निवेदन दिन आग्रहसमेत गरेको छ ।

‘अनुसन्धानमा पक्राउ परेकामध्ये केही विशेषज्ञका रूपमा गम्भीर प्रकृतिको रोगको उपचारमा समेत संलग्न रहँदै आएको अनुसन्धानमा खुल्यो,’ ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘उनीहरूबाट उपचारका क्रममा कोही पीडित भएको भए उजुरीका लागि सार्वजनिक आहवान गर्छौं ।’

ब्युरोले आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोपमा शुक्रबार र शनिबार पक्राउ गरेका ३६ मध्ये अरुणकुमार गुप्ता, लीली राजवंशी, रावेत रञ्जनकुमार ठाकुर, मोहम्मद अब्दुल कलाम, रजनी अग्रवाल, रामजी यादव, रामकुमार प्रधान, विष्णुप्रसाद भुसाल, दिनेशकुमार साह र सरोजकुमार सिंह विशेषज्ञ चिकित्सकका रूपमा कार्यरत थिए । अरुणकुमार १८, मोहम्मद १७, लीली १४, रामजी र सरोज १० वर्षदेखि चिकित्सक पेसामा संलग्न रहेको खुलेको छ ।

कान्तिपुर दैनिकबाट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *