यसकारण चाहिन्छ खानामा आयोडिन

aayo nun

  • गर्भवती महिलाले पर्याप्त आयोडिन सेवन नगर्दा गर्भपतन हुनसक्छ ।
  • बच्चा पेटमा हुँदा आमाले पर्याप्त आयोडिन सेवन गरेकी छैनन् भने समय पूरा भएर जन्मिएको बच्चाको पनि तत्काल मृत्यु हुन सक्छ ।
  • गर्भमा आयोडिन अभाव भएको बच्चा जन्मिएपछि सुस्त मनस्थितिको वा शारीरिक अपांगता भएको हुन सक्छ ।
  • बालबालिकामा पर्याप्त आयोडिन नभए पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने, मानसिक कमजोरीजस्ता समस्या निम्तिन सक्छ ।
  • वयष्कहरूको शरीरमा आयोडिनको कमी भए गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या उत्पन्न हुन्छ ।
  • पूरा मात्रामा आयोडिन सेवन गरेको छ भने थाइराइड ग्रन्थि सन्तुलनमा रहन्छ ।
  • नेपालको भिरालो भूबनोटका कारण यहाँ उत्पादन हुने खाद्यपदार्थबाट मानिसलाई पुग्ने आयोडिन पाउन सकिँदैन ।
  • शरीरमा आवश्यक आयोडिन लिन सरकारले जारी गरेको दुई बालबालिका चिह्नअंकित प्याकेटको नुन सेवन गर्नुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *