औषधि पसलेलाई ‘ब्ल्याक मेल’ गर्दै रकम असुल्ने पक्राउ

0
Shares

hathkadi

झापा, ३ असार – म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै ( ब्ल्याक मेल) रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ ४१ वर्षीय धर्मकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार भद्रपुर नगरपालिका–८ निवासी टीका सापकोटाले सञ्चालन गरेको सृजना मेडिकल हलबाट जेठ २६ गते औषधि किनेको र उक्त औषधि म्याद गुज्रिएको भन्दै ठाकुरद्वयले टीका सापकोटा र उनकी श्रीमतीबाट पटक÷पटक गरी ७० हजार रुपैयाँ लिएका थिए ।

औषधि भद्रपुर नगरपालिका–६ निवासी जीवन साहले खरिद गरे पनि उनीहरुले उक्त औषधिको खरिदको विषयमा सापकोटालाई दबाबमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ ।

प्रहरी र पत्रकारलाई मिलाउनुपर्छ भन्दै उनीहरुले सापकोटाबाट सुरुमा ५० हजार लिएको र पछि उनकी श्रीमतीबाट पुन २० हजार रुपैयाँ लिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । पक्राउ परेका ठाकुरद्वयलाई बिहीबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *