एक बर्ष मुनिका शिशुहरुलाई दुई अर्बको खोप

0
Shares

Khop

काठमाडौँ, ३२ जेठ – सरकारले जन्मेदेखि एक बर्ष उमेर समुहका बालबालिकालाई बार्षिक दु्ई अर्ब रुपैयाँ भन्दा बढीको खोप लगाउने गरेको जनाएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले सो उमेर समूहका करीब साढे छ लाख शिशुहरुलाई एघार वटा खोप दिदा सो बराबरको रकम खर्च हुने जनाएको हो ।

महाशाखाले बीसीजी, डीपीटी, हेप बी, पोलियो , आइपीभी, मिजल्स, रुवेला, जेई, पीसीभी लगायतका खोपहरु निशुल्क रुपमा दिने गरेको छ । महाशाखा अन्तरगतको खोप शाखाका प्रमुख मुकुन्द गौतमका अनुसार खोपमा हुने कुल खर्च मध्ये ६१ प्रतिशत ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमुनाइजेसन (गाभी) ले अनुदानस्वरुप व्यहोर्ने गर्छ भने बाँकी रकम भने नेपाल सरकारले व्यवस्थापन गर्दै आएको छ ।

गौतमका अनुसार नेपालमा खोपको कभरेजदर ८७ प्रतिशत पुगेको छ । अहिलेसम्म १७ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् ।

पूर्ण खोपयुक्त जिल्ला हुनेमा कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बझाङ, प्यूठान, गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, म्याग्दी, तनहुँ, मुस्ताङ, दोलखा, धनकुटा, तेह्रथुम र इलाम रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *