क्यान्सरबाट जोगिने चार सुत्र
१. सुर्तीजन्य पदार्थ र जाँड रक्सीकोे सेवन नगर्ने :
चुरोट बिँडी, तमाखु, खैनी, सुर्ती आदिको सेवनले मुख, स्वासनली, फोक्सो, आमासय, गर्भासय, मुत्रनली, मिर्गौला आदि अंगहरुको क्यान्सर हुन्छ ।
२. अस्वस्थकर खानपिन र बानीव्यवहारमा सुधार गर्ने :
वातावरणीय र व्यवसायिक प्रदुषणबाँसी, सडेगलेको, ढुसी परेको, हानिकारक रङ्गहरू भएको खाना, किट्नासक, औषधि र रसायनिक मलहरू प्रयोग भएको अन्न, फलफुल, तरकारी र सागपातहरू, धेरै नुनिलो, बोसो भएको मासुको सेवनले विभिन्न अंगको क्यान्सर गराउने भएकोले नखाने ।
३. दैनिक सक्रिय जीवनशैली अपनाउने :
दिनहुँ कम्तीमा पनि ४५ मिनेटसम्म विभिन्न किसिमको व्यायम वा कामहरु गर्नुपर्छ ।
४. नियमित स्वास्थ्य जाँच गर्ने :
क्यान्सरबाट जोगिने एक उपाय भनेको बेला बेलामा स्वास्थ्य जाँच गर्नुपनि हो । जस्तो कि महिलाहरुले पाठेघरको मुखको क्यान्सर विरुद्धको जाँच, स्तनको जाँच , त्यस्तै पुरुषहरुले पनि शरीरका विभिन्न जाँच गराइराख्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार हरेक बर्ष, दुई बर्ष , तीन बर्ष वा पाँच पाँच बर्षमा स्वास्थ्य जाँच गर्दा रोग लागेको छ भने पनि छिटै पत्ता लाग्न सक्छ ।
# प्रधानाङ्ग बिपीकोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख हुन् ।
सम्पर्क इमेल : [email protected]