किन सुन्दर बन्न चाहन्छन् महिलाहरु ?

dr ganga pathak
डा. गंगा पाठक (मनोविज्ञ)

महिला र सौन्दर्य एक अर्काका परिपुरक हुन् । चाहे त्यो प्राकृतिक रुपले, मनोवैज्ञानिक रुपले वा हार्मोनको कारण नै किन नहोस । त्यसैले जहाँ महिला हुन्छन् , त्यहाँ  सौन्दर्यको कुरा स्वभाविक रुपले हुने गर्छन् ।

सुन्दरता प्रकृतिसंग जोडिएको विषय हो । सौन्दर्यसंग जोडिएकै कारण प्रकृति शव्दलाई नै स्त्री लिङ्गिए शव्दको रुपमा लिने गरेका छौं । प्रकृतिले जसरी विविधखाले सौन्दर्य प्रदान गरेको हुन्छ । महिलाले पनि आफ्नो सौन्दर्यलाई त्यसैगरी विविधतामा पस्कन खोज्दछ । त्यसैले महिलाले सौन्दर्यको बारेमा राख्ने चासो प्राकृतिक देन पनि हो ।

सौन्दर्य प्रति सबैभन्दा लालयित हुने महिलाको उमेर ‘टिन एज’ हो । त्यसबेला उनीहरुले आफ्नो फिगरलाई कसरी आकर्षक बनाउने? कसरी आफूलाई अरु भन्दा सेक्सी देखाउने ?  कुन लुगा लगाउने ? कस्तो रङको लुगाले आफूलाई चिटिक्क देखाउछ ? आफ्नो अनुहारमा के के लगाउने , हेयर स्टाइल कस्तो बनाउने , जुत्ता सेन्डील कस्तो लगाउने ? भन्ने बारेमा निकै सोच्ने गर्छन् । त्यसैले सो उमेरका केटीहरु आफ्नो सौन्दर्यप्रति सधै सोचमग्न हुने गर्छन् ।

बैज्ञानिकहरुले टिन एजमा विकास हुने एक खालको हर्मोनको कारण केटीहरुमा सौन्दर्य प्रति चासो बढने गरेको बताएका छन् । सौन्दर्यमात्रै होइन त्यससंग सम्वन्धीत सपिङ गर्न पनि टिन एज नै अगाडी हुन्छ ।

बरु खाने कुरा चाहिदैन्, टिन एजका केटीहरुले सो पैसाले आफ्नो सौन्दर्य बढाउने सामानको खरीद गर्न चाहन्छन् । त्यसैले टिनएजलाई ‘सपिङ मेनिया’ पनि भन्ने गर्छौ’ । टिन एज यस्तो एज हो अरुले राम्रो मानुस या नमानुस अरुको नजरमा आकर्षित बन्नका लागि उनीहरुले मन लाएको फेसन गर्न चाहन्छन् ।

टिन एज मात्रै होइन , बच्चा देखी नै केटीहरु सौन्दर्य प्रति बढी चासो दिने गर्छन् । टुकुन टुकुन हिडन थाले देखी नै आफ्नो आमाका श्रीङ्कारका समानहरु खोज्ने चलाउने र प्रयोग गर्ने स्वभावका हुन्छन् । अधिकांश नेपाली महिलाले रातो रङको कपडाहरु मन पराउने गरेको पाइन्छ ।

beauty girl

संस्कार र संस्कृतिले सौन्दर्यमा प्रेरित गर्छ : 

शहरमा मात्रै होइन हामी कहाँ  ग्रामिण क्षेत्रकै महिला भएपनि पूजा पाठ चाड पर्वमा महिलाहरु विशेष रुपमा राम्री बन्नुपर्छ । जे जस्तो श्रीङ्गारका सामग्री छन ती सबै प्रयोग गर्नुपर्छ । त्यसो गरिएन भने कस्ती आईमाई रहिछ भन्ने चलन छ ।

त्यतिमात्रै होइन ग्रामिण क्षेत्रमा चाडपर्वका बेलामा गरगहना सिंगारपटारमा ध्यानदिइएन भने आफ्नो दौतरी संगीसाथी मात्रै होइन घरकै आफ्नो श्रीमान सासू ससुराले समेत मन नपराउने गरेको तितो यर्थात छ ।

विशेष गरी हिन्दु सस्कृतिमा चाडबाड मेला पर्व तथा खुशीयालीका बेला , मन्दिर तथा पुजापाठका बेलामा महिलाहरु विशेष रुपमा सिंगारिएको देखिन्छ । यो हाम्रो संस्कृतिले उव्जाएको एउटा रुप हो ।

एसियाली राष्ट्रका महिलाहरु सौन्दर्यमा बढी चासो दिन्छन् :

सौन्दर्य प्रति चासो राख्नु महिलाहरुको प्राकृतिक गुण हो । त्यसैले संसारभरका महिलाहरुले सौन्दर्यलाई विशेष रुपमा चासो दिन्छन् । तर अनुसन्धानले श्रृङ्गारपटारमा विशेष रुपमा ध्यानदिने महिलाहरु एसियाली मुलुकका बढी हुने गरेको देखाएको छ ।

त्यसमा पनि सबैभन्दा बढी दक्षिण एसियाली राष्ट्रका भारत, पाकिस्तान र नेपालमा महिलाहरुले बढी चासो दिने गरेका पाइन्छ । यी देशका महिलाहरुले बढी गरगहानाहरुमा लगाउने गर्छन।

धार्मिक , सास्कृतिक र भौगोलिक चलनले पनि यस क्षेत्रका महिलाहरु बढी सौन्दर्यका सोखिन हुने गरेको देखिएको छ ।

पाकिस्तानी महिलाहरु बुर्काले मुख छोपेर हिडने गर्छन तर त्यहाँको  सौन्दर्य ‘सेनास कस्मेटिक’ भनेपछि संसारभर प्रख्यात छ । उनीहरु बुर्काले शरीरका सबै भाग छोपेपनि गरगहना तथा सौन्दर्य सामग्रीको भरपुर प्रयोग गर्छन। उनीहरुले आत्मसन्तुष्टिीका लागि सो गर्ने गरेको बताउने गरेका छन् ।

धर्मले पनि प्रभाव पार्छ :

हिन्दु , बौद्ध, इसाइ, मुुस्लिम धर्म मान्ने महिलाहरु मध्ये हिन्दु धर्मका महिलाहरु बढी सौन्दर्यै प्रति लालयित हुने गरेका छन् ।

पौराणिक धर्मग्रन्थ र हामीले देखेका देविदेवताका तस्विरहरुमा पनि सरस्वती, लक्ष्मी , दुर्गा जस्ता देवीहरुका तस्विरहरु पनि निकै सुन्दर देखिन्छन् ।  गरगहनामा प्रस्तुत गरिएका त्यस्ता तस्विरले देवीहरु पनि सौन्दर्यका सौखीन रहेछन् भन्ने देखाउछ । त्यसैको प्रभाव हुन सक्छ ।

हिन्दुहरु चाडपर्वका बेलामा राम्ररी सिङ्गार पटार गरेर आपन्तकोमा जाने , मन्दिरहरुमा जाने गर्छन । विशेष गरी हिन्दुहरुले बहुमुल्य गरगहनाहरुले आफ्नो शरीर सजाउने , लुगाहरु पनि त्यस्तैगरी लगाउने गर्छन् । त्यस्तो सिंगार अरु धर्म मान्ने महिलाहरुले गरेको पाइदैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *