निजी भन्दै सरकारी मेडिकल कलेज पठाउँदै

0
Shares

doctor-528x330काठमाडौँ, २० जेठ- शिक्षा मन्त्रालयका कर्मचारीले आर्थिक चलखेलमा बंगलादेशको सरकारी मेडिकल कलेजलाई निजी भएको प्रमाणित गरेर अध्ययन अनुमति पत्र (एनओसी) दिने गरेको पाइएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

बंगलादेशमा अन्य मुलुकमा भन्दा सस्तोमा एमबीबीएस अध्ययन गर्न पाइने भएपछि विद्यार्थीहरु पनि मागेजति रकम दिएर जाने गरेका छन्। बंगलादेशको सरकारी मेडिकल र डेन्टल कलेजहरुमा अध्यन गर्न शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ।

परीक्षामा सहभागी नभएका विद्यार्थीलाई आर्थिक चलखेलको आधारमा पठाउने गरेको पाइएको हो।

परराष्ट्र मन्त्रालयले २०७१ वैशाख २४ मा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबीबीइस र डेन्टल कलेजमा बीडीएस विषय अध्ययन गर्न मन्त्रालयबाट छनोट भएका विद्यार्थीलाई मात्रै पठाउनु पर्ने निर्णय गरेको थियो।

तर, शिक्षा मन्त्रालय र मेडिकल काउन्सिलले यो निर्णय छलेर विद्यार्थी चोर बाटोबाट पठाइरहेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *