त्रिविको पीसीएल नर्सिङको प्रवेश परीक्षा १८ असारमा ( सूचना सहित)
काठमाडौँ १२ जेठ – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले आफ्ना आंगिक क्याम्पसमा प्रविणता प्रमाणपत्र तह( पिसिएल नर्सिङ )मा अध्ययन गर्न चाहनेका लागि आवेदन मागेको छ ।
आइओएमले आगामी १६ जेठ देखि ९ असार सम्म प्रवेश परीक्षाका लागि आवेदन गरिसक्नुपर्ने जनाएको छ । आइओएमले प्रवेश परीक्षा भने १८ असारमा तोकेको छ । कक्षा सञ्चालन ४ साउन देखि हुने बताइएको छ ।
आइओएमले पीसीएल नर्सिङ अध्ययन गराउन पोखरा नर्सिङ क्याम्पसका लागि ४६ सिट, नेपालगञ्ज नर्सिङ क्याम्पसका लागि ४५ सिट, बिराटनगर नर्सिङ क्याम्पसका लागि ४५ सिट र बीरगञ्ज नर्सिङ क्याम्पसका लागि ४५ सिट निर्धारण गरेको छ ।
विस्तृत जानकारी लिनका लागि यहाँ क्लिक गर्नुहोला
हाम्रो फेसबुक पेज लाइक गर्नुभयो ?
सम्पर्क इमेल : [email protected]