उत्तम मोक्तानले राखे योगमा विश्व कीर्तिमान
काठमाडौँ ८ जेठ – काभ्रेपलाञ्चोकका योग प्रशिक्षक तथा विश्वदर्शन अभियान नेपालका सदस्य उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म विविध योगासन गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
गिनिज बुक अफ वल्र्ड रेकर्डसले सबैभन्दा लामो समय योगासन गर्ने सूचीमा उनको नाम शुक्रबार दर्ता गरेको छ । मोक्तानले गत वर्ष पुस २–४ गतेसम्म वाल्मीकि विद्यापीठमा सो समयसम्म सार्वजनिक रुपमा योगासन गरेका थिए ।
गिनिजबुकमा यसअघि भारतकायोगराज सिपीले ४०घन्टा १५मिनेटसम्म योगासन गरेको अभिलेख छ । विकासानान्द योगीका शिष्य मोक्तानले विवेकानन्द योग विश्वविद्यालय, बेङ्लोर भारतबाट योगमा विद्यावारिधि पनि गरेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]