स्वास्थ्य बीमा अन्तगर्तको स्वास्थ्य उपचार सेवा कैलालीबाट प्रारम्भ

4
Share
13234576_10154129709834707_885173588_o
स्वास्थ्य सेवाको प्रारम्भ गर्दैै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, बाँयातर्फ विरामी विष्णुमाया सुवेदी

कैलाली, १ जेठ – सरकारले सुरु गरेको स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा आज कैलालीबाट प्रारम्भ भएको छ । बीमा अन्तर्गतको पहिलो स्वास्थ्य उपचार सेवा धनगडी नगरपालिकाकी विष्णुमाया सुवेदीलेले प्राप्त गरिन् ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले उनको नाम विवरणमा मोवाइलबाट क्लिक गरेर सेवा प्रारम्भ गरेका थिए । मधुमेहकी विरामी सुवेदीको स्वास्थ्य बीमा अन्तर्गतको सेती अञ्चलमा उपचार सुरु भएको थियो ।

बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले कैलाली पछि बागलुङ र इलाममा यो सेवा सुरु गर्ने जनाएको छ । त्यसपछि थप १० जिल्लामा बीमा कार्यक्रम प्रारम्भ हुन्छ ।

13214502_10154129710064707_1495222648_o (1)

गत २५ चैत देखी कैलालीमा बीमाका लागि प्रिमियम बुझाई नाम दर्ता सुरु भएको छ । करीब ९ लाख जनसंख्या रहेको कैलालीमा चैत महिनाभर ३९७ घर परिबारका २ हजार २६ जनाको नाम दर्ता भएको छ । अहिले चैत महिनामा दर्ता भएकाहरुको मात्रै उपचार सुरु गरिएको हो । वैशाखदेखि सदस्यता लिएकालाई भने आगामी भदौ महिनादेखि सेवा प्रदान गरिनेछ ।

जिल्लामा यो सेवा उपलब्ध गराउन चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालसँग सम्झौता गरिसकिएको छ । यसबाहेक सिफारिस गर्नुपर्ने बिरामीको हकमा बाँकेको भेरी अञ्चल अस्पतालसँग समेत सम्झौता गरिएको जनाइएको छ ।

पाँच जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक रु दुई हजार ५०० योगदान रकम ९प्रिमियम शुल्क० बुझाई रु ५० हजार बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउन सक्ने छन् । पाँचभन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि रु ४२५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १० हजारका दरले थप हुँदै जानेछ ।

एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ । नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो ।

यो कार्यक्रमअन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरङ्ग सेवातर्फ परीक्षण, एक्सरेलगायतका सेवा सुविधा पाउने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *