स्मरण शक्ति बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी तरिका

smaran

कुनै कुरा लामो समयसम्म सम्झने तथा छिटै भुल्ने समस्या धेरै मानसिहरुमा हुन्छ । स्मरण शक्ति सबै मानिसमा एउटै हुँदैन कसैको बढी सम्झने शक्ति हुन्छ भने कसैको कम हुन्छ ।

यो समस्या एक रोग नभै अन्य कारणले हुनसक्छ । त्यसैले स्मरण शक्ति बढाउनको लागि खानपान लगायत बिभिन्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।

त्यसका लागि अपनाउनुस् यी तरिकाहरु :

गहिरो / पर्याप्त निन्द्रा :  निन्द्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त मात्रामा निदाउनु आवश्यक हुन्छ ।

दिमागी कसरत : चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।

नियमित व्यायाम : नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।

योगा :  योगाले मस्तिष्कको शक्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।

स्वस्थ खाना : बदाम, ओखर, फलफूल, हरियो सागपात, ग्रिन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन मद्दत गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *