टाइफाइड के हो ? टाइफाइड ज्वरोबाट कसरी जोगिने ?

typhoid feber

टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ् । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।

दुसित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ ।

टाइफाइड ज्वरो आएको भनेर कसरी चिन्ने ?

मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।

टाइफाइडको औषधी सेवन गरेपनि तीन दिनसम्म ज्वरो घटदैन् । त्यसैले ज्वरोआई रहयो र कम भएन भने विरामीले तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकी रगतको परीक्षण विना टाइफाइड नै हो भनेर एकिन गर्न सकिदैन् ।

टाइफाइड लागेमा के गर्ने ?

टाइफाइड लागेको पत्ता लागेपछि मात्रै होइन नलाग्दै पनि केही गर्न सकिन्छ । जस्तै : हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी गरेर शरीरमा लगाउन सकिन्छ ।

कतिपयले ज्वरो आएको भन्ना साथ बाक्लो कपडा ओडेर बस्ने गर्छन तर त्यसरी भन्दा विरामीलाई सकभर खुल्ला ठाँउमा पानी पट्टी र सिटामोल मात्रै खुवाएर राख्नु उत्तम हुन्छ ।

त्यसबीचमा परीक्षणको रिपोर्ट आइ औषधी चलाउन थालियो भने पनि ज्वरो तत्काल नघटने हुनाले सोही विधि अपनाउनु राम्रो हुन्छ ।

यसका जिवाणुहरु फोहर पदार्थमा रहने भएकोले दिसा पिसाप गरीसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ ।

टाइफाइड लागेका विरामीले खानेकुरा के खाने ?

टाइफाइटले मानिसको आन्द्रामा संक्रमण गर्ने भएकोले भरिसक नरम खाना खानुपर्छ । त्यसपछि प्रसस्त मात्रामा झोल कुरा । गाँउघर शहरबजारमा टाइफाइड लाग्ना साथ जाउलो खानुपर्छ भन्ने चलन छ ।

तर त्यो खान सकिएन भने दालको रसमा भात नै राम्ररी मोलेर खाँदा पनि असर गर्दैन् । किनकी ताजा भात दालमा डुवाएपछि त्यो पनि नरम हुन्छ । प्रसस्त मात्रामा उमालेको वा शुद्द पानी र दालको रस वा झोलिलो चिज सकेसम्म बढी खानुपर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *