छालामा मुसाले सताएको छ ? अपनाउनुस् यी घरेलु उपाय
छालामा साना साना ट्यूमर जस्तै देखिने मुसा अक्सर गरेर मानिसहरुमा हुने गर्दछ । यो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ ।
त्यसबाट दिग्दार हुनु भएको छ भने अपनाउनुस् यी प्राकृतिक घरेलु उपायहरु :
१. लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ ।
२. कागतिको रस निकालेर कपास (रुई) मा भिजाएर लगाउनाले लाभदायी हुन्छ ।
३. काँचो आलुलाई काटेर मुसामा रगड्नाले मुसा कम हुँदै जान्छ तथा आलुको रसलाई रातभरी मुसा भएको ठाउँमा लगाएर राख्न पनि सकिन्छ ।
४. बेकिङ सोडालाई पेस्ट बनाएर लगउनाले बिस्तारै मुसा कम हुँदै जान्छ र केही दिनमा फरक पन देख्न सकिन्छ ।
५. काउलीको रस, प्याजको रसलाई मुसा भएको ठाउँमा लगाउनाले मुसा समाप्त भएर जान्छ ।
सम्पर्क इमेल : [email protected]