मधुमेह रोग कसरी लाग्छ र कसरी जोगिने ?
- मधुमेह अव्यवस्थित जीवनशैली खानपान र बंशाणुगत कारणले हुन्छ ।
- ५० प्रतिशत खानपान र जीवनशैलीका कारण देखिएको छ भने ५० प्रतिशत बंशजका कारण देखिने गरेको छ ।
- धुम्रपान गर्ने धेरै चिलल्लो पदार्थयुक्त खानोकरा खानेलाई मधुमेहको सम्भावना बढी हुन्छ ।
- बंशजमा छ भन्दैमा सबैलाई मधुमेह नहुन पनि सक्छ । तर व्यायम र खानपानमा ध्यान दिन सकिएन भने मधुमेहको जोखिम उच्च हुन्छ ।
- एक पटक मधुमेह भएपछि पूर्ण रुपमा निको हुँदैन । यसलाई नियमित औषधी सेवन र जीवनशैलीमा परिवर्तन गरी नियन्त्रणमा राख्न सकिन्छ ।
- मधुमेह उच्च भएमा आँखा, मिर्गौला र मुटुरोगको सम्भावना बढाउँछ ।
- मधुमेहको ५० प्रतिशत लक्षण थाह नै हुँदैन । यसका लागि बर्षमा कम्तीमा १ पटक जाँच गराउन राम्रो हुन्छ ।
- मधुमेह भएका मानिसले नियमित चिकित्सकको सम्पर्कमा रहनु राम्रो हुन्छ ।
-डा अंशुमाली जोशी
मधुमेह तथा थाइराइड रोग विशेषज्ञ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]