यौनइच्छा बढाउन खानुस् यी तरकारीहरु
तपाइँलाई थाहा नभएको हुनसक्छ यौनइच्छा बढाउनमा कतिपय तरकारी तथा सागसब्जीहरु प्रभावकारी हुन्छन् भनेर थाहा छैन भने थाहा पाउनुस् यौनइच्छा बढाउने तरकारीहरु :
१. गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।
२. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।
३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।
४. प्याज : प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।
५. ब्रोकाउली : यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।
६. लसुन : लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।
७. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
८. गान्टेमूला : यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।
यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।
एजेन्सीको सहयोगमा
सम्पर्क इमेल : [email protected]