मुख स्वास्थ्यका लागि जान्नै पर्ने केही कुरा 

- नेपाली हेल्थ
dr. bishal babu basnet
डा. विशाल बाबु बस्नेत (बीडीएस, एमडीएस)

सुन्दा अचम्म लाग्न सक्छ, हाम्रो शरीरको सबैभन्दा फोहोर अङ्ग भनेको हाम्रो मुख हो । किनभने स्वास्थ्य विज्ञानको परिभाषा अनुसार धेरै किटाणुहरू जहाँ जम्मा हुन्छन्, त्यही फोहोर ठाँउ हो ।

यसरी हेर्दा त मुख धेरै किटाणुहरूको घर नै हो । शरीरका अन्य अङ्गहरूमा पनि ‘नर्मल फ्लोरा’ नाम गरेका थुप्रै किटाणुहरू नहुने हैनन् तथापि मुखमा भने सामान्यतया धेरै खालका किटाणुहरू हुने गर्दछन् ।

हामीले खाएका खाद्य पदार्थहरूलाई व्याक्टेरियाले कुहाउने गर्दछन् र मुखलाई झनै फोहोर तुल्याउने गर्दछन् ।

खाना र मुख तथा दाँतको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । शरीरलाई आवश्यक ऊर्जा हामीले खाएको खानाबाटै प्राप्त हुने हो । र, खानालाई पाचनयोग्य बनाउने काम हाम्रा दाँतहरूको हो ।

healthy food

यसरी सम्पूर्ण शरीरलाई नै ऊर्जा उपलव्ध गराउने कार्यकर्ताहरूलाई मजबूत र तन्दुरुस्त बनाउन खानपानमा कस्तो खालको हेरचाह गर्ने भन्नेबारे यो लेख केन्द्रित रहेको छ ।

शरीरको समग्र स्वास्थ्यको खातिर हामीले उचित पोषणमा ख्याल राख्नुपर्दछ । संगसंगै दाँतको स्वास्थ्यको लागि खानपानमा यथेष्ट ध्यान दिनुपर्दछ । उचित पोषण भन्नाले सन्तुलित खाना खाएर शरीरको सुस्वास्थ्य र तन्दुरुस्तीका लागि चाहिने आवश्यक पोषक तत्वहरू उपलव्ध गराउनु हो ।

शरीरको समुचित वृद्धि, विकास र स्वास्थ्यका लागि कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ, भिटामिन आदि पोषक तत्वको आवश्यकता पर्दछ । हामीले खाने प्रायजसो सबै खानेकुरा, दूधजन्य परिकारहरू र फलफूलमा समेत कार्बोहाइड्रेट पाइन्छ । कार्बोहाइड्रेटबाट अम्लीय पदार्थ बन्दछ, । जसले दाँतमा क्षय हुने गर्दछ, यसैलाई जनजिभ्रोमा ‘किरा लागेको’ भनिन्छ ।

साधारणतः हामीले खाने खानेकुराको आधा हिस्सा फलफूल र तरकारीले ओगट्नु आवश्यक छ । रिफाइन गरिएका खानेकुरा भन्दा पनि पूर्ण अनाजहरू उपयुक्त हुन्छन् । हरिया सागसव्जी, चीज, शुद्ध दही, च्याउजस्ता खाद्यपदार्थहरू पोषला हुन्छन् तर दूधजन्य खानेकुरामा चिल्लो पदार्थ (फ्याट)को मात्रा न्यून हुनुपर्दछ । प्रोटिनको परिपूर्तिका लागि माछामासु, अण्डा, गेडागुडी आदिको सेवन गर्नुपर्ने हुन्छ ।

हाम्रो खाने ढाँचा र खानेकुराको छनोट पनि अनुचित रहको पाइन्छ । पोषक महत्व कम भएका दाँतलाई हानी पु¥याउने खानेकुराहरू जस्तैः बिस्कुट, चकलेट, केन्डी, पाउरोटी आदि खाँदा दाँतमा अम्लको मात्रा बढ्न गई दन्तसड्न हुने गर्दछ । दिनभरि कस्तो खाना कति पल्ट खाने भन्ने कुराले पनि दन्त स्वास्थ्यमा प्रभाव पर्दछ । खाजाको रुपमा विभिन्न खानेकुराहरू दिनभरि खाइरहने गर्नाले दाँतमा अम्लको असर झन् बढाउदछ ।

गुलिया खानेकुरा पनि मूल खानेकुरा सँगै खाँदा यसको नकारात्मक असरबाट बच्न सकिन्छ । खाना खाँदा समय दिएर खाने गरिन्छ भने त्यो राम्रो ढाँचा हो किनभने हाम्रो ¥याल स्वयम् पनि मुख र दाँत सफा गर्ने सबभन्दा महत्वपूर्ण कारिन्दा हो ।

हतारमा खाँदाभन्दा स्वाद लिएर विस्तारै खाँदा धेरै रयाल निस्कन्छ । अनि यो पनि बुझ्न जरुरी छ कि पानीको कम सेवन गर्दा रयाल उत्पादन कम हुन जान्छ ।

हामीले दिनहुँ खाने खाद्यन्नमा पोषक पदार्थको मात्रा बुझेर सेवन गर्नु उपयुक्त हुन्छ । क्याल्सियम भएका खानाहरू जस्तै दूध, मासु, ब्रोकाउली आदिको मात्रा नियमित हुनु आवश्यक छ । दाँतलाई आवश्यक पर्ने अर्को तत्वको नाम हो फ्लोराइड । यो हामीले पिउने पानी, सामुद्रिक खानेकुरा, कालो चिया आदिमा प्राकृतिक रुपले नै उपलव्ध हुन्छ ।

आफ्नो घरछिमेकमा उपलव्ध पानीको श्रोतमा फ्लोराइडको मात्राको जानकारी लिनु आवश्यक छ, किनकि फ्लोराइड कम वा बढी हुनु दुवै बेफाइदाजनक हुन्छ ।

दाँतको स्वास्थ्यमा रेशादार (फाइबर भएका) खानेकुराको अहम् भूमिका हुने गर्दछ । यी खानेकुराले ब्रशले जसरी दाँतलाई सफा गर्ने गर्दछन् । यसमा गाजर, काँक्रा, मूला, सागपातहरू, सिमी आदि पर्दछन् । अमिला फलफूलहरूमा फस्फोरिक अम्ल, टार्टारिक अम्लजस्ता हानीकारक अम्लहरू पनि पाइने हुनाले यिनीहरूको अधिक सेवन उचित होइन ।

‘सुगर फ्री’ भनिने खानेकुराहरूमा दाँतलाई क्षय गराउने पदार्थ नपाइए तापनि एस्पार्टेम नामक तत्व राखिएको कारण कलिला उमेरका बच्चाहरूले पचाउने क्रममा उनीहरूको शारीरिक स्वास्थ्यमा खराव असर पर्न सक्तछ ।

भनिरहनु नपर्ला, धुमपान र मद्यपान समग्र स्वास्थ्यका लागि हानीकारक आदत हुन् । यिनीहरू दन्त स्वास्थ्यका लागि पनि उत्तिकै खराव मानिन्छन् । मुखको क्यान्सर गराउनेदेखि गिजा पाक्ने, सुनिने, दतमा कालो कस बस्नेलगायतका समस्यामा चुरोटसुर्तीको सेवन जिम्मेवार पाइन्छ भने रक्सीको सेवनले पनि गिजा र मुखका अन्य कोमल तन्तुमा नकारात्मक असर पु¥याइरहेकै हुन्छ ।

धुमपान र मद्यपान समग्र स्वास्थ्यका लागि हानीकारक आदत हुन् । यिनीहरू दन्त स्वास्थ्यका लागि पनि उत्तिकै खराव मानिन्छन् । मुखको क्यान्सर गराउनेदेखि गिजा पाक्ने, सुनिने, दातमा कालो कस बस्ने लगायतका समस्यामा चुरोट सुर्तीको सेवन जिम्मेवार पाइन्छ भने रक्सीको सेवनले पनि गिजा र मुखका अन्य कोमल तन्तुमा नकारात्मक असर पु¥याइरहेकै हुन्छ ।

अनि पान, गुटखा र सुपारीजस्ता वस्तुहरूमा पाइने रसायनहरूले गालाको मांसपेशीलाई ‘फाइब्रोसिस’ भन्ने साँघुुरिने समस्या ल्याएर कालान्तरमा मुख खोल्नै नसक्ने बनाइदिनसक्छन् । खैनी च्याप्ने स्थानको कोमल तन्तु क्षय हुने, सेतो दाग आउने र पछि क्यान्सरमा परिणत हुने सम्भावना पनि रहन्छ । यसैले यी शरीरलाई चोट पु¥याउने जिनिसहरू मुख र दाँतको स्वास्थ्यका लागि पनि वर्जित छन् ।पान, गुटखा र सुपारीजस्ता वस्तुहरूमा पाइने रसायनहरूले गालाको मांसपेशीलाई ‘फाइब्रोसिस’ भन्ने साघुरिने समस्या ल्याएर कालान्तरमा मुख खोल्नै नसक्ने बनाइदिनसक्छन् । खैनी च्याप्ने स्थानको कोमल तन्तु क्षय हुने, सेतो दाग आउने र पछि क्यान्सरमा परिणत हुने सम्भावना पनि रहन्छ । यसैले यी शरीरलाई चोट पु¥याउने जिनिसहरू मुख र दाँतको स्वास्थ्यका लागि पनि बर्जित छन् ।

खानाको उचित छनौट, गुलिया खानेकुरालाई मूल खानेकुरासँगै खाने बानी, क्याल्सियम, फस्फोरस र फ्लोराइडयुक्त खानेकुराको सेवन गर्नुको साथै नियमित दन्तस्वास्थ्य परिक्षण पनि गरियो भने दाँतलाई स्वस्थ र मजबूत राख्न सकिन्छ ।

अंग्रेजीमा एउटा उखानै छ, ‘हरेक दिन एउटा स्याऊ खायो भने डाक्टरलाई भेटिरहनुपर्दैन ।’ यसको आशय पोषणको राम्रो ख्याल गर्दा रोग लाग्दैन भन्न खोजिएको हो ।

नेपाली हेल्थ डटकमसंग सहजरुपमा जोडिनका लागि तपाईँले हाम्रो फेसबुक पेज https://www.facebook.com/nepalihealth/ को यो लिंकमा गएर लाइक गरी जोडिन सक्नुहुन्छ


Facebook Comment


थप समाचार