दोश्रो ‘युरोकन-२०१६’ आज देखी शुभारम्भ

_DSC0008

काठमाडौँ – दोश्रो युरोकन – २०१६ आजबाट राजधानीमा शुरु भएको छ । नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स (नाउस) को आयोजनामा हरेक दुई बर्षको अन्तरालमा हुने युरोकोन को यो दोश्रो सम्मेलन हो ।

तीनदिने सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा गरिएको छ । बाँकी दुइदिन भोली २६ गते र पर्सी २७ गते बैज्ञानिक कार्यपत्रहरु माथिको छलफल भने होटल हायातमा हुने बताइएको छ ।

प्रि कन्फ्रेन्स बर्कशपमा आज युरोकोनका साइन्टिफिक चेयरम्यान समेत रहेका बरिष्ठ युरोसर्जन प्राडा प्रेमराज ज्ञवालीसँगै भारतबाट आएका युरोसर्जन डा. कान्दर्भ पारिख र डा. प्रभाकर मुनीअप्पन तथा चीनबाट आएका युरोसर्जन प्राडा चुन सियाओ लीउले ६ वटा शल्यकृया गरेका थिए ।

उनीहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा-रेनल सर्जरी र एउटा प्रोस्टेट सर्जरी गरेका थिए । सर्जरीको अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट सम्मेलन स्थल अस्पतालकै दोश्रो तल्लामा रहेको सभाकक्षमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Press pic 3

देश बिदेशका नयाँ युरो-सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको प्राडा ज्ञवालीले बताए ।

ग्रान्डी अस्पतालको युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट बिभागका प्रमुख समेत रहेका प्राडा ज्ञवालीले पत्रकारहरुसँग कुराकानीगर्दै युरोलोजीसँग सम्बन्धित कुनैपनि उपचारकालागि बिदेश जानुपर्ने बाध्यता नरहेको र विश्वस्तरको उच्च प्रबिधिबाट हुने कुनैपनि उपचार अब नेपालमा नै सम्भव रहेको समेत दाबी समेत गरे ।

सम्मेलनमा नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com