७१ वटा अस्पतालबाट हुने भयो हाइड्रोसिलको नि:शुल्क अप्रेसन (सूची सहित)
काठमाडौँ – सरकारले हाइड्रोसिल (अण्डकोषमा पानी जन्मे अवस्था) पिडीत व्यक्तिका लागि देशका ७१ वटा अस्पतालबाट निशुल्क अप्रेसन गर्नसक्ने व्यवस्था मिलाएको छ । ती अस्पतालमा जिल्ला अञ्चल, क्षेत्रीय तथा केन्द्रीय अस्पतालहरु छन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हात्तिपाइले रोग नियन्त्रण कार्यक्रमका जनस्वास्थ्य अधिकृत तुल्सी अधिकारीका अनुसार हाइड्रोसिल पिडीत व्यक्तिले तोकिएका अस्पतालमा पुगी निशुल्क अस्पताल गर्न सक्नेछन् ।
सरकारले यसआर्थिक बर्षमा ११ हजार व्यक्तिको निशुल्क अप्रेसन गर्ने लक्ष्य लिएको छ । महाशाखाले गतवर्ष कपिलवस्तु, बर्दिया र कैलालीमा नमूना कार्यक्रमको रुपमा यो अभियान सुरु गरेको थियो । त्यतिबेला तीन जिल्लामा ६४१ जना हाइड्रोसिलपिडीतले निशुल्क अप्रेसनको फाइदा लिएका थिए । नमूना अभियान प्रभावकारी देखिएपछि महाशाखाले यसबर्ष ६३ जिल्लामै यो अभियान सुरु गर्न लागेको हो ।
अधिकारीका अनुसार यो अभियानमा जुनसुकै जिल्लाका व्यक्तिले जुनसुकै स्थानको तोकिएको अस्पतालमा गएर उपचार गराउन पाउछ । त्यसका लागि सरकारले दातृ निकायसंग मिलेर करीब ६ करोड बजेट छुट्याएको छ । अप्रेसन गर्ने अस्पताललाई प्रतिकेश ५ हजारको दरले रकम उपलव्ध गराउने योजना बनाएको छ ।
सम्पर्क इमेल : [email protected]