कम्मरमा दिनुस् ध्यान !

1.1k
Shares

kamar-dukhai

हालै गरिएको एक अध्ययन अनुसार देख्दा ज्यान मिलेको र ठिक्कको भए पनि कम्मरको आकार निरन्तर बढेको छ भने तपाईँ सजग रहनुपर्ने देखाएको छ ।

अध्ययनमा भाग लिएका स्वीडिस बैज्ञानिकहरुका अनुसार ‘कम्मरमा बोसोको मात्रा चार इन्च भन्दा बढी भएमा मुटुसम्बन्धी समस्या हुने खतरा हुन्छ ।’

महिलामा अतिरिक्त बोसो कम्मरको वरिपरि जम्मा भएमा मुटु सम्बन्धी रोग लाग्ने सम्भावना १५ प्रतिशतले बढेर जान्छ भने पुरुषमा १६ प्रतिशतले बढ्छ । सो अध्ययनमा २ हजार महिला सहभागी थिए ।

अध्ययनको क्रममा महिलाको लम्बाई, तौल र कम्मरको नापको निरन्तर अनुगमन गरिएको थियो । शरीरमा बोसोको मात्रा बढी हुने महिलामा धेरै रोगहरु लाग्ने देखाएको थियो र त्यसमा पनि मुटु सम्बन्धी समस्या ज्यादा भेटिएको थियो ।
एजेन्सीको सहयोगमा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *