कपाल र नङ सम्बन्धी केही रोचक तथ्यहरु :

1.6k
Shares

Brunette woman Portrait. Black short hair style. Manicured nails and red lips. Fashion Beauty Photo

नङ र कपाल अथवा रौं शरीरको जीवित अंग होइनन् । शरीरका कोषहरु मरेर त्यसलाई बाहिर निकाल्ने प्रक्रिया स्वरुप रौं नङहरु निस्कछन् । त्यसो भए पनि यी भागहरुको निरन्तर हेरचाह र सरसफाईमा भने ध्यान दिन जरुरी हुन्छ ।

हेरौं नङ र रौं सम्बन्धी केही रोचकतथ्यहरु :

१. अनुहारका रौं अथवा दाह्रीजुँगा शरीरको अन्य भागको रौं भन्दा छिटो बढ्छन् । यदि कुनै पुरुषले आफ्नो दाह्रीजुँगा र कपाल जीवनभर काटेन भने दाह्री जुँगा कपाल भन्दा लामो हुनसक्छ ।

२. हरेक दिन एक स्वस्थ मानिसको ६० देखि १०० वटा सम्म कपालका रौं झर्छन् ।

३. महिलाको कपालको मोटाइ पुरुषको कपालको मोटाइ भन्दा आधा हुन्छ ।

४. मानिसको एउटा रौं ले करिब १०० ग्रामतौल थेग्न सक्छ ।

५. माँझि औंलाको नङ सबैभन्दा छिटो बढ्छ ।

६. प्रति क्षेत्रफलमा हुने रौंको सङख्यामा मानिस र चिम्पान्जीमा लगभग उस्तै हुन्छ ।

७. हातका नङ खुट्टाका नङ भन्दाचार गुँणा छिटो बढ्छ ।

८. मानिसको रौं आगोले जलाएर बाहेक अरु कुनै तरिकाले बिनास गर्न सकिन्न ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *