के हो प्रोष्टाइटीस समस्या ? समाधानका उपाय के हुन सक्छ ?

डा. अर्जुनदेव भट्ट बरिष्ठ युरोलोजिष्ट
डा. अर्जुनदेव भट्ट बरिष्ठ युरोलोजिष्ट

उमेर ढल्कदै जाँदा मानिसहरुमा विभिन्न स्वास्थ्य सम्वन्धी समस्याहरु देखा पर्छ । त्यसमध्येको एक समस्या हो प्रोष्टाइटिस समस्या । पिसाव सम्वन्धी यो समस्या पुरुषहरुलाई मात्रै हुन्छ । उमेर बढदै जाँदा पुरुषहरुमा यो समस्या बढदै जान्छ । समयमै यसको उचित उपचार नहुदा कहिले काही यसले क्यान्सरको रुप पनि लिन सक्छ ।

के हो त प्रोष्टाइटिस ?
पुरुषहरुमा विर्य बनाउने एक प्रकारको ग्रन्थी हुन्छ , जसलाई हामी प्रोष्टड ग्रन्थी भन्छौ । यो पिसाव थैलीको तलतिर र पिसाव नलिको सुरु भागको वरीपरि हुन्छ । रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बन्ने यो ग्रन्थी युवक उमेरमा झण्डै २० ग्रामको हुन्छ ।

 उमेरको बृद्धीसंगै यसको आकार पनि बढदै जान्छ । सामान्यत पोस्टेडको आकार बढदै जाँदा पिसाव फेर्ने प्रक्रियामा समस्या देखापर्छ र कालान्तरमा यसैको क्यान्सर समेत हुनसक्छ । 

प्रोष्टेड समस्याको कारण के ?

प्रोष्टडको समस्या विभिन्न कारणले हुनसक्छ । त्यसमध्ये इन्फेक्सन र टयुमर पलाएर हुने समस्या बढी मात्रामा देखिन्छ । त्यस्तै यो ग्रन्थीको वृद्धि हुदै जाँदा पनि समस्या देखापर्छ ।

इन्फेक्सन हुनलाई विभिन्न कारणहरु हुनसक्छन । कसैलाई बाहिरबाट हुन्छ कसैलाई भित्रबाट । कसैलाई यौनसम्पर्कका बेला मुत्र नलिमा भएको इन्फेक्सन तत्कालै प्रोष्टेड ग्रन्थीसम्म फैलिएर जाने गर्छ । कसैलाई दिसामा कव्जीयत हुँदा त्यसमा हुने ‘इकोलाइज’ भन्ने किटाणुले  इन्फेक्सन बडाउछ ।

खासगरी शरीरको ‘लिम्पेथिक सिस्टम’ ( रगत बहने नलिजस्तै अर्को लिम्फ भन्ने सेतो रगत बहने नलि हुन्छ ) लिम्फ नलिमा भएको ‘इन्फेक्सन’ चाही मलद्धारबाट आन्द्राको प्लाव हुदै प्रोष्टेडमा घुस्छ । त्यतिवेला प्रोष्टस्टलाई सुरक्षा दिने सिस्टम कमजोर हुन्छ ।

त्यसो त सिस्टम फेल नहुँदासम्म प्रोष्टेडको वरिपरि भएको झिल्ली जसलाई हामी क्याप्सुल भन्छौँ यो ज्यादै नै बलियो हुन्छ । त्यसले इफेक्सनलाई सजिलै छिर्न दिदैन । तर ती सबै सिस्टम फेल भए भयो भने प्रोष्टेडमा इन्फेक्सन हुन्छ । यसबाट समस्या पैदा हुनसक्छ ।

के हुन्छ ?

प्रोष्टेडमा समस्या भएपछि सुरुमा ज्वरो आउछ र त्यो अंग सुनिन्छ । प्रोष्टेड सुन्निदै जाँदा  पिसाव नलि साघुरो हुन्छ । त्यसपछि प्रभावित व्यक्तिलाई पिसावमा अप्ठेरो हुन्छ ।

पिसाव गर्दा निकै गाह्रो हुन्छ । पिसाव पोल्छ , पिसावै रोकिन समेत सक्छ । पुरा पिसाव नै आउदैन । यसले व्यक्तिलाई छिटो छिटो पिसाव जान मन लाग्छ । पिसाव रहीरहेर थैलीमै इफेक्सन हुन सक्छ । यसले प्रोष्टेड सुनिदै जान्छ ।  र अन्तमा  त्यसले पिसाव नलिलाई नै बन्द गराइदिन सक्छ ।

पिसाव सहि मात्रामा बाहिरीएन भने थैलीमा बढी जम्मा हुन्छ त्यसले पिसाव थैली तन्किन्छ । कमजोर हुन्छ । त्यसले मृगौलामा आउने पिसावको मात्रामा समेत कम गराइदिन्छ । जसबाट मृगौलालाई नै फुलाउने र अन्त्यमा फेलियर नै गराउने सम्भावना रहन्छ । अर्थात पिसाव रोकिना साथ शरीरका अन्य महत्वपूर्ण अंग फेलियर हुने सम्भावना बढछ ।

चिकित्सा विज्ञानले सामान्यतया पिसाव फेर्दा पचास मिलिलिटर रहयो भने नर्मल नै मानिन्छ । एउटा स्वस्थ्य व्यक्तिले २४ घण्टामा डेढ लिटर पिसाव फेर्नु स्वस्थकर हुन्छ । यदि पचास मिलिलिटर भन्दा बढी पिसाव जम्मा हुनथाल्यो भने त्यसले प्रोष्टेडमा समस्या पैदा गर्छ र रोग उत्पन्न हुनसुरु गर्छ ।

पिसाव दिउसोको समयमा धेरै छिटो बन्छ र राती सुतेको बेलामा बन्ने क्रिया ढिला हुन्छ । सामान्यतया दिउसोको समयमा ३ घण्टाको अन्तरमा र रातीको समयत्यसको दुई गुना वा तीन गुना ढिलो हुन्छ ।

लक्षणहरु के हुन्छन् :
सामान्य त प्रोष्टेड समस्याको लक्षण यहि नै हो भनेर चिन्न गाह्रो हुन्छ । किनकी सामान्य प्रोष्टेडको बृद्धि र प्रोष्टेड क्यान्सरको लक्षण उस्तै उस्तै हुन्छ ।
– छिटो छिटो पिसवा लाग्ने
– पिसाव पोल्ने
– पिसाव गर्दा गाह्रो  हुने
– कहिले काही पिसावमा रगत जान सक्ने
– रातीका बेलामा बढी पिसाव लाग्ने
– पिसावमा बस्दा तुरुन्त नआउने एक छिन कुरेर लाग्ने

कस्तालाई हुन्छ ?
यस्तालाई हुन्छ भन्ने छैन तर पछिल्लो अनुसन्धानले घीउ तथा चिल्लो पदार्थ बढी सेवन गर्नेलाई हुन्छ भन्ने छ । त्यस्तै डायविटिज भएकाहरुलाई पनि बढी हुने सम्भावना छ । त्यस्तै बंषाणुगत रुपमा प्रोष्टेड समस्या भएकाहरुलाई झनै सम्भावना रहन्छ । त्यो पनि कम उमेरमै ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “के हो प्रोष्टाइटीस समस्या ? समाधानका उपाय के हुन सक्छ ?

  1. You should first research and write what he actually is saying,confusing article combining prostatitis and BPH .

Leave a Reply

Your email address will not be published. Required fields are marked *