प्रेमसागरले गरे १४५ औँ पटक रक्तदान
काठमाडौँ- नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४५ औ पटक रक्तदान गरेका छन् ।
अघिल्लो शनिबार नेपाल रेडक्रस सोसाइटी चावहिल उपशाखाद्धारा आयोजित रक्तदान कार्यक्रममा उनले आफ्नो १४५ औ रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् ।
१७ बर्षको उमेर देखिनै हरेक तीन तीन महिनामा नियमित रुपमा रक्तदान गर्दै आएका कर्मचार्य नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिको रुपमा परिचित छन् ।
त्यसभन्दा बढी उनी विरामीका आफन्तलाई तत्काल रगत उपलव्ध गराइदिन स्वयंसेवीको रुपमा परिचित छन् ।
हरेक व्यक्ति व्लड बैक पुग्दा रगत पाएन भने सम्पर्क गर्ने पहिलो व्यक्ति कर्माचार्य हुन् । र कर्माचार्यलाई सम्पर्क गरेपछि दोस्रो व्यक्तिलाई सम्पर्क गर्नु पर्दैन् ।
राती होस या दिउसो घाम होस या झरी कर्माचार्य आफ्नो मोटरसाइकल लिएर कुदि रहन्छन् । यदि तपाईँलाई पनि रगतसम्वन्धी समस्या परयो भने कर्माचार्यको मोवाइल नम्बर ९८५१०६९३३८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क इमेल : [email protected]