विदेशमा डाक्टरी अध्ययन गर्न जान १ हजार नौ सयले दिए योग्यता परीक्षा (कुन देशमा कति ?)
काठमाडौँ – चिकित्सा शिक्षाका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या एकीन भएको छैन तर नेपाल मेडिकल काउन्सिलले पछिल्लो एक बर्षमा १ हजार ९ सय २ जनाले विदेश अध्ययन गर्नका लागि योग्यता परीक्षा दिएको जनाएको छ ।
ती मध्ये एमविविएस अध्ययनका लागि १ हजार २७४जना , बीडीएसका लागि १८७ जना र पोष्टग्राजुएड (पीजी)का लागि ४४१ जनाले योग्यता परीक्षा दिएको जनाएको छ ।
काउन्सिलको रेडर्कले पछिल्लो समय एमविविएस र बीडीए अध्ययन गर्न सबैभन्दा बढी बंगलादेश गएको देखाएको छ । तर पीजी अध्ययनका लागि सबैभन्दा बढीले चीन रोजेका छन् ।
काउन्सिलका अनुसार बंगलादेशमा अध्ययन गर्न जान गतवर्ष एमबीबीएसका लागि ९०४ जना र बीडीएसका लागि १६० जनाले योग्यता परीक्षा दिएका थिए ।
नेपाली विद्यार्थीले चाइनालाई दोस्रो रोजाईमा पारेका छन् ।गतवर्ष २०९ जनाले चाइनाका लागि योग्यता परीक्षा दिएका थिए ।
त्यस्तै तेस्रोमा फिलिपिन्स १०७ जना, चौथोमा रसिया २० जना पाचौँमा पाकिस्तान र इजिप्ट १३ जना, छैटौँमा भारत ६ जना सातौ र आठौ गुएना १ जना छन् ।
उता पीजी तर्फ सबैभन्दा बढी २१४ जनाले चाइना रोजेका छन् । दोस्रोमा फिलिपिन्स ७६ जना, तेस्रोमा भारत ६१ जना छन् ।
एमबीबीएस र बीडीएसमा सबैभन्दा बढी विद्यार्थीको रोजाई बनेको बंगलादेशमा पीजी पढन जानका लागि योग्यता परीक्षा दिनेको संख्या ३९ मात्रै छ । काउन्सिलका अनुसार गतवर्ष पीजी अध्ययनका लागि १५ वटा देशका लागि परीक्षा दिएका थिए ।
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले विदेश जना चाहनले कलेज र पढाई हुने कोर्षको विस्तृत विवरण बुझाएपछि काउन्सीलको योग्यता परीक्षामा समावेश हुन पाइन्छ । सोही आधारमा पढेर फर्केपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाइन्छ ।
तर कतिपयले योग्यता परीक्षा नदिइकन सिधै पढन गएको हुन सक्ने पनि डा. अधिकारीले बताए । उनले त्यसरी गएर पढेर आएकाहरुले पछि जरिमाना सहित फारम भरेर योग्यता परीक्षा दिने व्यवस्था मिलाइएको बताए ।
कुन देशमा कति हेर्नुहोस सूची :
सम्पर्क इमेल : [email protected]