नारी दिवसको अवसरमा धापासीमा स्वास्थ्य सिविर , ३२० महिलाको परीक्षण
काठमाडौँ – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारि कान्तिपुर जनरल अस्पताल बसुन्धराले एक दिने निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । धापासीस्थित तिलिङ्गाटार उच्चमाविमा राखिएको स्वास्थ्य सिविरमा ३२० भन्दा बढी स्थानीय महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रुपा झाको नेतृत्वमा गएको १० जनाको स्वास्थ्यकर्मी टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको थियो । डा. झाका अनुसार सिविरमा आएका अधिकांश महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखमा संक्रमण लगायतका समस्याहरु देखिएको थियो । सो अवसरमा टोलीले महिला स्वास्थ्यका विषयमा सामान्य प्रशिक्षण समेत दिएको थियो ।
डा. झाका अनुसार सिविरमा आएका अधिकांश महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखमा संक्रमण लगायतका समस्याहरु देखिएको थियो । सो अवसरमा टोलीले महिला स्वास्थ्यका विषयमा सामान्य प्रशिक्षण समेत दिएको थियो ।
अस्पतालका प्रमुख डा. बुद्धिमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य सिविर आयोजना गरेको बताए । उनले बढी समस्या देखिएका महिलाहरुलाई सहुलियत दरमा थप उपचारको व्यवस्था समेत मिलाइएको बताए ।
अस्पतालले उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा यसअघि नै दर्जनौँ पटक निशुल्क स्वास्थ्य सिविर आयोजना गरिसकेको छ ।
सम्पर्क इमेल : [email protected]