अर्का नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ

pradip ku
प्रदीपकुमार गुप्ता

काठमाडौँ – नक्कली प्रमाणपत्रको आधारमा चीनबाट एमबीबीएस पास गरी नेपाल मेडिकल काउन्सिलले लिएको लाईसेन्स परीक्षामा पटक पटक फेल भएका प्रदीपकुमार गुप्ता पक्राउ परेका छन् ।

आगामी लाइसेन्स परीक्षाका लागि फारम भर्न आइतबार काउन्सिल कार्यालय बासबारी पुगेका ३२ बर्षीय गुप्तालाई सीआईबीले त्यहिबाट पक्राउ गरेको हो ।

जनकपुर ९ धनुषाका गुप्ताले विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भनि नक्कली प्रमाणपत्र बनाएको सीआईबीले जनाएको छ ।

सीआईबीका एसपी दिवेश लोहनीले पहिले नै अनुसन्धान गरी प्रमाणपत्र नक्कली भएको पाइएको र पक्राउ गर्ने क्रममा रहेको बेला गुप्ता काठमाडौ आएको थाह पाएपछि त्यहिबाट पक्राउ गरेको बताए ।चीनबाट एमबीबीएस गरी इन्टर्नसीप समेत गरेका गुप्ता पटक पटक लाइसेन्स परीक्षामा फेल भएका थिए । 

नेपाल मेडिकल काउन्सिलले र सीआईबीले सयुक्तरुपमा नक्कली चिकित्सक खोजी अभियानलाई तिव्रता दिएको छ । यसअघि नक्कली चिकित्सकको रुपमा १४ जना पक्राउ परिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com