अस्पताल सञ्चालकलाई प्रधानमन्त्रीले भने, ‘बेलुका सम्म डेडिकेटेड फिडर जोडिन्छ’
काठमाडौँ – डेडिकेटेड फिडर काटिएपछि ध्यानाकर्षण गराउन बालुवाटार पुगेका अस्पताल सञ्चालकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका सम्म समस्या समाधान गरिदिने आश्वासन दिएका छन् । उनले काटिएको डेडिकेटेड फिडर बेलुकासम्म जोडिने समेत दावी गरेका छन् ।
शुक्रबार विहान ११ बजे नेपाल मेडिकल एसोसिएसन, नेपाल डेन्टल एसोसिएसन, एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज नेपाल, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका २० भन्दा बढी प्रतिनिधी मण्डलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज नेपालका अध्यक्ष तथा ओम हस्पिटलका सञ्चालक डा. भोला रिजालले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको भन्दै बेलुकासम्म समस्या समाधान हुने आश्वासन दिएको बताए ।
माथिको निर्देशन भन्दै प्राधिकरणले केही सातायता उपत्यका सहित विभिन्न जिल्लाका अस्पताल मेडिकलहरुको डेडिकेटेड फिडर काटिदिएका थियो । चौविसघण्टे विद्युत प्रभाह हुने डेडिकेटेड फिडर काटिएपछि अस्पताल सञ्चालकहरुले अत्यावश्यक सेवा नै कटौती गर्नुपरेको बताउदै आएका थिए ।
सम्पर्क इमेल : [email protected]