सुर्ती उद्योगीसंग छलफल गर्दै उद्योगमन्त्री

काठमाडौँ – प्रशासन, प्रहरी र जनस्वास्थ्यको टोलीले अनुगमनलाई तिब्रता दिएपछि मापदण्ड विपरितका सुर्तीजन्य पदार्थ बजार पठाउदै आएका सुर्ती उद्योगीहरु अत्तालिएका छन् । उनीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री तथा स्वास्थ्य मन्त्रीलाई भेटेरै अनुगमन रोकिदिन आग्रह गरेका छन् ।
यता उद्योग मन्त्रालयले सोही विषयमा आज दिउसो सुर्तीउद्योगीहरुसंग अन्र्तक्रिया गर्ने भएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सुर्तीसम्बन्धी कानून र उद्योगीहरुबीच देखिएको असमझदारी हटाउन अन्र्तक्रिया कार्यक्रम आयोजना गर्नलागेको जानकारी दिए । दिउसो १२ बजे देखी हुने कार्यक्रममा सुर्ती उद्योगका प्रतिनिधीहरु बोलाएका छन् ।
नयाँ निर्देशिकाले गत २ जेठ देखी बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्नुपर्ने व्यवस्था गरेपनि उद्योगीहरुले अटेरी गर्दै आएका थिए । सोही अटेरी विरुद्ध जिल्ला प्रशासन, प्रहरी र जनस्वास्थ्यले अनुगमन गर्न थालेपछि उद्योगीहरु अत्तालिएका हुन् ।
उद्योगीहरुले केही दिन अघि मात्रै स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई भेटी ९० प्रतिशत चित्र छाप्ने कार्य कार्यान्वनय नगर्ने र बरु निर्देशिका नै परिवर्तन गरि ७५ प्रतिशतको पुरानै व्यवस्थामा लाग्नुपर्ने बताएका थिए । सोही अनुसार व्यवस्था मिलाउन मन्त्री चौधरीले सचिव सहित मन्त्रालयका अधिकारीहरुलाई निर्देशन समेत दिएका थिए । तर सो समाचार बाहिर आएपछि मन्त्रीको निर्देशन पालना गर्न सचिवहरुलाई समेत अप्ठेरो परेको छ ।
सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था गरेकै कारण नेपालले गतवर्ष मात्रै व्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो ।
उद्योगमन्त्री पाण्डेले यसअघि नै पटक पटक सुर्तीउद्योगीहरुले ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश छाप्नै पर्ने बताउदै आएका थिए । उनले राज्यको कानूनलाई अटेरी गर्ने उद्योगलाई बन्द नै गरिदिने चेतावनी दिएका थिए । तर बुधबारको छलफलमा मन्त्रीको अडान कत्तिको रहने हो त्यो भने हेर्न बाकि छ ।
सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था गरेकै कारण नेपालले गतवर्ष मात्रै व्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो ।
सम्पर्क इमेल : [email protected]