सार्वजनिक स्थलमा धूमपान गर्ने १७ पक्राउ
काठमाडौँ – सार्वजनिकस्थलमा स्थलमा चुरोट सेवन गरेको आरोपमा शनिबार कोटेश्वरबाट १७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पछि उनीहरुलाई एक सय रुपैयाँ जरिमाना तिर्न लगाई सार्वजनिक स्थलमा फेरी सेवन नगर्ने सर्तका साथ रिहा गरिएको छ ।
केही दिन यता प्रहरीले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गरी जरिमाना गराउन थालेको छ ।
शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिए । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]