ग्रान्डी अस्पतालमा प्रकोप व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
Shares

dr. pradip

काठमाडौँ –  ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा प्रकोप व्यवस्थापन तथा प्रकोपका समयमा अपनाउनुपर्ने नेतृत्व पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अस्पतालमा कार्यरत डाक्टर नर्स तथा कर्मचारीहरुलाई प्रकोप व्यवस्थापनबारे जानकारी दिन विहीबार आयोजित सो कार्यक्रममा त्रि वि शिक्षण अस्पतालका प्राध्यापक तथा हस्पिटल प्रिपियरनेश फर इमरजेन्सी (होप) का राष्ट्रिय प्रशिक्षक डाक्टर प्रदीप बैद्यले प्रशिक्षण दिएका थिए ।IMG_9765

सो अवसरमा प्रा.डा. बैद्यले प्रकोप व्यवस्थापन सम्बन्धमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा भइरहेका कार्यहरू, प्रकोप व्यवस्थापन योजना लगायतका विषयमा जानकारी समेत दिएका थिए ।

ग्राण्डी अस्पतालका इमरजेन्सी बिभागका प्रमुख डाक्टर अजय सिं थापाले भुकम्प र त्यसले हामीलाई सिकाएको पाठ र आगामी दिनमा अपनाउनुपर्ने सजगता बारे अनुभव आदान प्रदान गरेका थिए ।

अस्पतालले प्रकोपका कसरी बेला कसरी काम गर्ने भन्ने बारेमा डाक्टर नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई प्रशिक्षण दिएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *