नेपालमा कुष्ठरोगबाट मात्रै ३० हजार अपाङ्ग
काठमाडौँ – निबारणको अवस्थामा रहेको कुष्ठरोगबाट नेपालमा ३० हजार बढी व्यक्ति अपाङ्ग भएका छन् । समयमै रोग पत्ता नलाग्दा उनीहरु अपाङ्ग भएको अनुमान गरिएको छ ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार यसबर्षमात्रै २ हजार ९५९ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । त्यसमध्ये ८६ प्रतिशत विरामी तराईका जिल्लामा छन् । यद्धपी अहिले मध्य तथा उच्च पहाडी क्षेत्रमा समेत यो रोग देखा पर्न थालेको छ ।
पछिल्लो पटक सुर्खेत तथा दैलैख लगायतका पहाडी जिल्लामा यो रोग देखा परेको केन्द्रका निर्देशक डा बासुदेव पाण्डेले बताए ।उनले हालसम्म बहु औषधिबाट उपचार पुरा गर्नेको संख्या १ लाख ७५ हजार भन्दा बढी भएको बताए ।
नेपालमा कुष्ठरोगको उपचार निशुल्क हुने गरेको छ । त्यसैले नेपाली विरामी मात्रै होइन भारतीय विरामीले समेत नेपालबाट निशुल्क उपचार सेवा लिने गरेका छन् । महाशाखाका अनुसार गतवर्ष भन्दा यसबर्ष ७ सय बढी भारतीय विरामीले नेपालमा उपचारका लागि आएका छन् ।
आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक शुक्ष्म किटाणुको संक्रमणबाट लाग्ने यो रोग खास खास गरि छाला र स्नायू ( नशा)मा असर गर्दछ । छालामा असर गर्दा रातो तथा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने गिर्खाहरु देखा पर्ने र स्नायूमा असर गर्दा हात, गोडामा छुँदा थाह नपाउने साथै मासंपेशीहरु कमजोर हुन्छ ।
सम्पर्क इमेल : [email protected]