पीजीको सिट निर्धारणका लागि अनुगमनको तयारी

0
Shares

nmcकाठमाडौँ  – नेपाल मेडिकल काउन्सिलले पोष्ट ग्राजुयट्स (पीजी) तहका अध्ययन गराउने मेडिकल कलेजहरुको अनुगमन थाल्ने तयारी गरेको छ । आगामी शैक्षिक सत्रका लागि पोष्ट ग्राजुएट्स ( पीजी ) तहका लागि नयाँ सिट निर्धारण गर्नु अघि अनुगमन थाल्ने तयारी गरेको हो ।

‘विभिन्न विश्वविद्यालय अन्तर्गतको एमडीएमएस पढाउने मेडिकल कलेजहरुको इन्सफेक्सन गर्न लागेका हौँ’ स्रोतले भन्यो, ‘त्यसपछि मात्रै कति सीट निर्धारण गर्ने भन्ने एकीन हुनेछ ।’

नेपालमा प्रतिष्ठान तथा कलेज गरि दर्जन बढी संस्थामा पोष्ट ग्राजुएट्सको पढाइ हुने गरेको छ । विश्वविद्यालय काउन्सिल लगायतका निकायले हरेक बर्ष भर्ना लिनु अगावै सम्वधीत कलेजको इन्सफेक्सन गरि सिट निर्धारण गर्ने चलन छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *