चिकित्साशास्त्र अध्ययन संस्थानका डिन श्रीवास्तवको राजिनामा, निमित्तमा डा.सिन्हा

308
Shares
प्रा.डा.राकेश श्रीवास्तव
प्रा.डा.राकेश श्रीवास्तव

नेपाली हेल्थ / काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले डिन प्रा.डा.राकेशप्रसाद श्रीवास्तवले दिएको राजिनामा स्विकृत गरेको छ । उनले डिन सहित प्राध्यापकबाट समेत राजिनामा दिएका छन् ।

गत बुधबार उनले सहयोगी मार्फत त्रिविमा राजिनामा बुझाएका उनले राजिनामा पत्रमा स्वास्थ्यका कारण उल्लेख गरेका छन् । शुक्रबारको कार्यकारी परिषद्ले उनको राजिनामा स्वकृत गरेको छ ।

त्रिविका बरिष्ट चिकित्सक प्रा.डा. गोविन्द केसीले बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने भन्दै अनसन बसेपछि प्रा.डा. श्रीवास्तव १ फागुन २०७० मा डिन नियुक्ति भएका थिए ।

यसैबीच प्रा.डा. श्रीवास्तवको राजिनामा स्विकृत भएसंगै सहायक डिन प्रा.डा.विमल कुमार सिन्हालाई निमित्त डिनको जिम्मेवारी दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *