नेपालमा मिर्गौला प्रत्यारोपण : दिने धेरै श्रीमती, लिने धेरै श्रीमान !
रामप्रसाद न्यौपाने, नेपाली हेल्थ / काठमाडौँ – मिर्गौला फेल हुने क्रम महिला र पुरुषमा बराबर देखिन्छ । तर उपचारमा भने महिलाको पहुच एक चौथाई भन्दा कम छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा दिइरहेका अस्पतालहरुको तथ्याक हेर्दा प्रत्यारोपणका लागि मिर्गौला दिनेमा महिला बढी र लिने बढीमा पुरुष भएको देखिएको छ ।
नेपालमा मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र र पछिल्लो समय चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजमा सुरु भएकोछ । पुस मसान्तसम्म यी चारवटा अस्पतालमा ५८७ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
अच्चम्म लाग्दो कुरा के छ भने कुल प्रत्यारोपण गरिएका मध्ये ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन् । तर प्रत्यारोपणका लागि मिर्गौला उपलव्ध गराउनेमा ७० प्रतिशत महिला र ३० प्रतिशत मात्रै पुरुष छन् । जवकी यो रोगको समस्या महिला पुरुष दुबैलाई करीव बराबर रुपमा देखिन्छ ।
अच्चम्म लाग्दो कुरा के छ भने कुल प्रत्यारोपण गरिएका मध्ये ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन् । तर प्रत्यारोपणका लागि मिर्गौला उपलव्ध गराउनेमा ७० प्रतिशत महिला र ३० प्रतिशत मात्रै पुरुष छन् । जवकी यो रोगको समस्या महिला पुरुष दुबैलाई करीव बराबर रुपमा देखिन्छ
त्रिवि शिक्षण अस्पतालका बरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा दिव्यासिंह शाह भन्छिन, ‘प्रत्यारोपण गरिएका विरामीको तथ्याङ्कले उपचारको पहुचमा महिला अहिले पनिे पुरुषको तुलनामा निकै पछाडी छन भन्ने देखाउछ ।’ उनले महिलाहरुको मिर्गौला फेल भएमा डाइलासिस गराउने तर प्रत्यारोपणकै अवस्था सम्म नपुगेको बताइन । तर उनले प्रत्यारोपणका लागि मिर्गौला झिक्ने काममा भने पुरुष भन्दा महिला नै पहिलो रोजाई हुने उनले बताइन । ‘पुरुष बाच्नै पर्ने र उनीहरुलाई महिलाले बचाउनै पर्ने जस्तो अवस्था देखिएको छ ’ उनले भनिन ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विगतको तुलनामा केही सुधार भएपनि महिला र पुरुषको उपचार अनुपात निकै फरक भएको बताए । उनले विगतमा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिलामा हुने गरेको प्रत्यारोपण अहिले ८० प्रतिशत पुरुष र २० प्रतिशत महिलामा हुने गरेको बताए । डा. श्रेष्ठले महिलालाई पनि उपचारको दायरामा अघि बढाउनु छ भन्ने जनचेतना अघि बढाउनुपर्नेमा जोड दिए ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विगतको तुलनामा केही सुधार भएपनि महिला र पुरुषको उपचार अनुपात निकै फरक भएको बताए । उनले विगतमा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिलामा हुने गरेको प्रत्यारोपण अहिले ८० प्रतिशत पुरुष र २० प्रतिशत महिलामा हुने गरेको बताए ।
दानगर्नेमा सबैभन्दा बढी बाबुआमा
अंगदान सम्वन्धी सरकारी नीतिले प्रत्यारोपणका लागि बाजे–बज्यै ,बाबु–आमा, दिदी–बहिनी दाजु – भाई, काका– काकी, भतिजा –भतिजीहरु सहभागी हुन मिल्ने व्यवस्था गरेको छ । त्यस्तै विहेगरेको दुई बर्ष पुगेको श्रीमान –श्रीमतीले पनि एक अर्कालाई दान गर्न सक्छन । त्यस्तै सम्वन्ध गासिएको दुई बर्ष पुगेको सौतेनी बाबु आमा र धर्मपुत्र धर्मपुत्रीले पनि छोराछोरी वा आमाबाबुलाई दिन सक्छन ।
तर दिनै पर्ने अवस्थामा सबैभन्दा अघि सर्ने भने बाबु आमा हुन् । नेपालको चारवटा अस्पतालहरुको तथ्याङ्क हेर्दा कुल प्रत्यारोपण मध्ये ६७ प्रतिशत आमा बाबु पर्छन । त्यसमध्ये पनि ५० प्रतिशत बढी आमाहरु हुन्छन । बाकी १७ प्रतिशत मात्रै बाबुले दान गरेका हुन्छन । दोस्रो नम्वरमा दान गर्ने श्रीमती हुन् । करीव २६ प्रतिशत श्रीमतीले आफ्ना श्रीमानका लागि मृगौला दान गरेका छन् । तर श्रीमतीलाई दान गर्ने श्रीमानको प्रतिशत ३ प्रतिशत प्रतिशत छ । बाकी ४ प्रतिशतमा २ प्रतिशत दिदी बहिनी बज्यै, धर्मपुत्री , काकी र बाकी २ प्रतिशत अन्य नातेदार छन ।
नेपालको चारवटा अस्पतालहरुको तथ्याङ्क हेर्दा कुल प्रत्यारोपण मध्ये ६७ प्रतिशत आमा बाबु पर्छन । त्यसमध्ये पनि ५० प्रतिशत बढी आमाहरु हुन्छन । बाकी १७ प्रतिशत मात्रै बाबुले दान गरेका हुन्छन । दोस्रो नम्वरमा दान गर्ने श्रीमती हुन् । करीव २६ प्रतिशत श्रीमतीले आफ्ना श्रीमानका लागि मृगौला दान गरेका छन् । तर श्रीमतीलाई दान गर्ने श्रीमानको प्रतिशत ३ प्रतिशत प्रतिशत छ । बाकी ४ प्रतिशतमा २ प्रतिशत दिदी बहिनी बज्यै, धर्मपुत्री , काकी र बाकी २ प्रतिशत अन्य नातेदार छन ।
बीर अस्पताल मिर्गौला प्रत्यारोपण विभागमा कार्यरत नर्स कल्पना ढुङ्गेल भन्छिन, ‘सबैभन्दा बढी आमाले दिन्छिन , त्यसपछि श्रीमतीले अनि त्यसपछि बाबुले तर श्रीमानले त निकै थोरै ।’ किन यस्तो हुन्छ त ? फेरी उनै कल्पना भन्छिन, ‘ स्वभावलैले महिलाहरु बढी सम्वेदनशील हुन्छन, आमा श्रीमती, छोरीहरुको स्वभाव बाबु, श्रीमान र छोराहरुको जस्तो हुदैन । अर्को कुरा नेपाल पित्री सत्तात्मक परिबार भएर पनि यस्तो भएको हुनसक्छ ।’
कति सफल छ नेपालमा मृगौला प्रत्यारोपण :
अन्य रोगको अप्रेसन गर्दा सफल असफल भएजस्तो मापन गरिदैन मिर्गौला प्रत्यारोपणलाई । यसको सफलता १ बर्ष, ५ बर्ष, र दश बर्षमा कति सफल भयो भन्ने गरी मापन हुन्छ । त्यसमा पनि विरामी बाच्ने प्रतिशत र प्रत्यारोपण गरेको मिर्गौलाले काम गरेको छ छैन भन्ने प्रतिशत हेर्ने गरिन्छ । तर त्रिवि शिक्षण अस्पतालको अध्ययनले यस्तो देखायो।
प्रत्यारोपण गरेका विरामीहरु :
– एक बर्षको अन्त्य सम्म विरामी बाच्ने ९७ प्रतिशत
– एक बर्षको अन्त्यसम्म नयाँ मिर्गौला( ग्राफ्ट)ले काम गर्ने ९६प्रतिशत
– पाँच बर्षको अन्त्य सम्म विरामी बाच्ने ९३ प्रतिशत
– पाँच बर्षको अन्त्यसम्म नयाा मिर्गौला( ग्राफ्ट)ले काम गर्ने ८८प्रतिशत
नेपालमा मृगौला प्रत्यारोपण गरेका दश बर्ष पुगिनसकेकोले त्यसको जानकारी आएको छैन ।
फेल भएका मध्ये ६० प्रतिशत मात्रै प्रत्यारोपण गर्न योग्य :
सबै मिर्गौला रोगीहरुलाई प्रत्यारोपण गरिदैन । किनकी मिर्गौला बाहेकका अन्य खतरनाक रोग पनि उनीहरुसंग रहन सक्छन । मधुमेह, क्यान्सर , मुटु , एडस जस्ता रोग लागेका विरामीलाई प्रत्यारोपण योग्य हुदैन ।
तर नेपालमा बार्षिक फेल हुने ४ हजार ५ सय नया रोगी मध्ये करीव ६० प्रतिशत अर्थात करीब २ हजार ७ सय जना मिर्गौला फेर्न योग्य हुन्छन । तर ६ बर्षको अवधीमा मात्रै ५८७ वटा प्रत्यारोपण नेपालमा भएको छ ।
मिर्गौला फेल भएपछि विकल्प प्रत्यारोपण नै हो । चिकित्सकहरु भन्छन प्रत्यारोपण गरे ९० प्रतिशत बाच्ने सम्भावना हुन्छ । तर डाइलासिस मात्रै गर्दा बाच्ने सम्भावना ६० प्रतिशत मात्रै हुन्छ ।
मिगौला फेल हुने औषत उमेर ३४ बर्ष :
नेपालमा मिर्गौला फेल हुनेहरुको औषत उमेर ३४ बर्ष देखिएको छ । त्रिवि शिक्षण अस्तपालका डा शाहका अनुसार प्रत्यारोपणमा आउनेहरुमा अधिकांश बैदेशीक रोजगारीका लागि खाडी मुलुक गएका युवाहरु छन् । तर दान गर्नेहरुको औषत उमेर ४७ बर्ष देखिएको छ । सबै भन्दा बढी मिर्गौला प्रत्यारोपण गराएको त्रिवि शिक्षण अस्तपालले ११ बर्ष देखी ७० बर्षसम्मका व्यक्तिहरुको मिर्गौला फेरेको छ । डा साह भन्छिन,‘ सानो बच्चाको मिर्गौला ठूलो व्यक्तिलाई हाल्न परेमा दुबै मिर्गौला हालिदिनु पर्छ ।’
नेपालमा मिर्गौला फेल हुनेहरुको औषत उमेर ३४ बर्ष देखिएको छ । त्रिवि शिक्षण अस्तपालका डा शाहका अनुसार प्रत्यारोपणमा आउनेहरुमा अधिकांश बैदेशीक रोजगारीका लागि खाडी मुलुक गएका युवाहरु छन् । तर दान गर्नेहरुको औषत उमेर ४७ बर्ष देखिएको छ ।
प्रत्यारोपण गरेपछि जति पनि बाच्न सक्छ :
मिर्गौला रोगको बारेमा सबैभन्दा बढी सोधिने प्रश्न हो प्रत्यारोपण गरेको व्यक्ति कति समय बाच्छ ? त्रिवि शिक्षण अस्पतालका डा शाह भन्छिन, ‘ जति पनि बाच्दछ । प्रत्यारोपण पछि पनि बचास ६० बर्ष बाचेका उदाहरण संसारमा छन ।
त्यसैले यसमा संका लिनु पर्दैन । तर प्रत्यारोपण गरेपछि स्वास्थ्य सतर्कतामा भने केही ध्यान दिनुपर्छ ।’ उनले प्रत्यारोपण पनि पटक पटक गर्न सकिने भन्दै एक पटकको मिर्गौला असफल भएमा दोस्रो , तेस्रो चौथो गरी धेरै पटक सम्म प्रत्यारोपणगर्न सकिने बताइन ।
उनले प्रत्यारोपण गरेका विरामीले प्रयोग गर्ने औषधिले रोग प्रतिरोधात्मक क्षमता ह्रास गराउने भएकोले खानपान आनीबानीमा सुधार ल्याउन जरुरी छ । अर्थात शरीरलाई थप जतन गर्नुपर्छ । डा शाहका अनुसार प्रत्यारोपण गरेपछि पनि नयाँ मधुमेह रोग देखा पर्ने, मोटोपना, कोलेस्ट्रोल, इन्फेक्सनको सम्भावना , हर्टएटेकको सम्भावना बढी हुन्छ । त्यसैले जोगिन जरुरी छ ।
पुरुषले दान गरे ५० हजार छुट
मानव अंग प्रत्यारोपण केन्द्रले महिलाका लागि मिर्गौला दान गर्ने पुरुषलाई ५० हजार रुपैयाँ नगद उपलव्ध गराउने गरेको छ । आरोग्य फाउन्डेशन र केन्द्रको संयुक्त पहलमा यस्तो कार्यक्रम सुरु भएको हो ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले महिलाका लागि मिर्गौला दान गर्ने पुरुषलाई ५० हजार रुपैयाँ नगद उपलव्ध गराउने गरेको छ । आरोग्य फाउन्डेशन र केन्द्रको संयुक्त पहलमा यस्तो कार्यक्रम सुरु भएको हो । केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले मिगौला दान गर्ने दायित्व महिलाको मात्रै होइन पुरुषको पनि हो भन्दै सन्देश तथा प्रोत्साहनका लागि ५० हजार रुपैया दिने व्यवस्था गरिएको बताए । र उनले यो अभियान पछि पुरुषहरुले दान गर्ने संख्यामा बृद्धि भएको समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]