ज्वानो खाँदा फाइदै फाइदा

 डा. राजेन्द्रकुमार गिरी
डा. राजेन्द्रकुमार गिरी

नेपाली हेल्थ / काठमाडौँ  –  सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।

झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ ।

jwano

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पु¥याउछन् । यसमा वातनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरिमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ । ज्वानोसँगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने मसलाहरूमा ज्वानोको दाना मसिनो हुन्छ । स्वाद पिरो, पर्पराउने र केहि मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइमा हुन्छ । खासगरी भारत, इजिप्ट र अल्जेरीया यसको खेतीको लागि प्रसिद्ध छन् ।
नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ । ज्वानो सानो र ठूलो गरी दुइप्रकारका हुन्छन् । विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ

# डा. गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक हुन्  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *