डाक्टरको अथक प्रयास पछि राजुको स्वास्थ्यमा चमत्कारिक सुधार
नेपाली हेल्थ /काठमाडौँ-
परिवारले आस मारिसकेका राजु गुरुङको डाक्टरको अथक प्रयास पछि स्वास्थ्यमा सुधार आएको छ । तीन साता देखी बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालमा उनी उपचाररत छन् । खोटाङ जिल्लामा हेल्थ असिस्टेन्स पदमा कार्यरत गुरुङलाई गत १८ मंसीरमा बेहोस अवस्थामा अस्पताल ल्याइपु¥याएको थियो ।
अनियन्त्रीत मधुमेह संगै शरीर भरी फैलिएको संक्रमण(सेप्सीस वीथ सेप्टिक सक) भएका गुरुङको मृगौलामा समेत समस्या देखिएको थियो । फिजिसियन डा. अच्युत विक्रम हमाल सहित फिजिसियन डा. खेमराज भुसाल, एनेस्थेसिया डा. हेमराज जोशी, नेफ्रोलोजिष्ट डा. उपेन्द्र जोशी र सर्जरीका डा. बिपिन श्रेष्ठको टोलीले गुरुङको उपचार गरेको हो ।
एक्वीट किड्नी फेलियर समेत भइसकेको गुरुङको करीब १० दिनको भेन्टिलेटरमा राखी उपचार जारी राखेपछि सुधार देखिएको हो ।‘६५ देखी १०९ सम्म हुनुपर्ने सुगर लेभल ६०० बढी पुगेको थियो । पेन्क्रियाज सुन्निएको थियो । सेप्सीस ( शरीर भरी संक्रमण फैलिएको ) एक्वीट किड्नी फेलियर थियो । अनि २४ घण्टाबाट विहोस थियो’ गुरुङलाई अस्पताल ल्याउदाको अवस्था सुनाउदै डा हमालले भने, ‘हामीले तत्कालै आईसीयु भेन्टीलेटरमा लगेर उपचार गरयौ । ६ पटक सम्म मिर्गौला डायलासिस गर्यौँ अहिले मिर्गौला समेत ठिक भएको अवस्था छ । विरामी अहिले सुधारात्मक अवस्था छ ।’
अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले दाँत उपचारमा कहलिएको कान्तिपुरले अब जनरल तर्फसमेत उत्कृष्ठता हासिल गरेको बताए । उनले सुविधा आइसियु, भेन्टीलेटर, हेमोडाइलासिस सेवा संगै अस्पतालमा दक्ष चिकित्सक भएकै कारणले जटिल केस सहज उपचार भएको बताए ।
डा. हमालले अत्याधुनिक उपकरण सहितको अस्पताल भएकोले कान्तिपुर जटिल केस हयाण्डल गर्न सक्ने अस्पताल दहरिएको बताए ।
सम्पर्क इमेल : [email protected]
A great News… Get well soon Raju. You have your life again, thank you god- thank you so much Doctors who directly and indirectly involved with.