साओ पाउलो, ५ माघ । ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
नयाँ दिल्ली, ३ माघ । भारतमा कोरोनाबिरुद्धको खोप अभियान शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार विहान १० : ३० बजे भिडियो कन्फ्रेन्सिङको माध्यमद्धारा अभियानको शुभारम्भ गरेका हुन् ।
कोपेनहेगन । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।
बेइजिङ, २९ पुस । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीन भित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो ।
नयाँदिल्ली । भारतमा उत्पादित कोरोनाबिरुद्धको खोपको मूल्य प्रतिडोज २०० देखि २०६ भारतीय रुपैयाँ पर्ने बताइएको छ । अधिकारीहरुका अनुसार सिरम इन्स्टिच्युटबाट पहिलो चरणमा खरीदका लागि भारत सरकारले अहिले एक करोड १० लाख डोज अर्डर दिएको छ । त्यसको मूल्य कर बाहेक प्रतिडोज २०० रुपैयाँ तोकिएको छ ।
लन्डन, २६ पुस । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।