स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल

 

काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल बन्ने निश्चित भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यमा प्रदीप पौडेलको नाम सहितको सूचि प्राप्त भएको छ ।

यसअघि नेपाली कांग्रेस भित्रको शेखर गगन समूहले स्वास्थ्यमा उनलाई पठाउने निर्णय गरेको थियो ।

सो समूहले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीलाई पठाउने निर्णय गरेको छ ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको भागमा परेको ९ मन्त्री मध्ये ३ मन्त्री शेखर गगन समूहलाई दिने निर्णय गरेको थियो ।
तर सो समूहले चार मन्त्री चाहिने अडान लिएको थियो । अन्तिममा तीन मन्त्रीमा चित्त बुझाउँदै नाम पठाएको हो ।

केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गर्दैछन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा नव नियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको सपथ केही वेरमा सुरु हुँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *