यस कारण पिउनुस् पानी
पानी मानिसको दैनिक जीवनमा प्रयोग हुने एक अत्यावश्यक पदार्थ हो । हाम्रो शरीरमा करीव ६० प्रतिशत पानीको मात्रा हुन्छ । एक ब्यक्तिले हरेक दिन कम्तीमा आठ गिलास पानी पिउनु पर्ने जानकारहरु बताउँछन् ।
शरीरको एक अबत्यावश्यक पदार्थ मानिएको पानीका फाइदाहरु के रहेछन् त आउनुस् हेरौं :
१. शारीरिक क्रियाकलापमा चाहेको अनुरुप सहभागी र बिना थकान सम्पन्न गर्न प्रशस्त पानी पिउनु जरुरी हुन्छ ।
२. मस्तिष्कलाई चुस्त, स्फूर्त राख्न र मानसिक कार्यलाई छिटो छरितो बनाउन पानी पिउने गर्नुस् ।
३. टाउको दुखाई कम गर्न र निको पार्न पानीको महत्वपूर्ण भमिका हुन्छ ।
४. यदि तपाईलाई कब्जियतको समस्याले सताइरहेको छ भने प्रशस्त पानी पिउने गर्नुस् समस्या निको हुन्छ ।
५. मिर्गौलामा हुने पत्थरी हटाउन तथा हुन नदिन प्रशस्त मात्रामा पानी पिउनु जरुरी हुन्छ ।
६. पानी प्रशस्त पिउनाले शरीरको मेटाबोलिज्म प्रक्रिया बढ्न जान्छ र यसले शरीरको तौल घटाउन मद्दत गर्छ ।
सम्पर्क इमेल : [email protected]