मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ?
मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् ।
स्वस्थकर खाना :
जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ ।
गीतसंगीत :
बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न हुनुका साथै दिमागलाई स्वस्थ र सक्रिय बनाउँछ । त्यसैले मौका मिल्नासाथ गीतसंगीत सुन्ने र आनन्द लिने गर्नुपर्छ ।
सामाजिक क्रियाकलाप :
सामानिक कार्यमा क्रियाशील भएर काम गर्ने ब्यक्तिको दिमाग पनि क्रियाशील र सक्रिय हुन्छ । समाजमा मित्रता कायम गर्नाले मस्तिष्क स्वस्थ रहन मद्दत मिल्छ ।
सकारात्मक सोँच :
बिषम परिस्थितिका कारणबस तपाइँको सोँचमा सकारात्मक भयो भने मात्र मस्तिष्क स्वस्थ रहन सक्छ । सकारात्मक सोँचले मात्र मस्तिष्क स्वस्थ र सक्रिय बनाउन सकिन्छ ।
योग तथा ब्यायाम :
बिभिन्न किसिमका हल्का ब्यायाम गर्नाले पनि दिमाग स्वस्थ हुन मद्दत मिल्छ । बिहान बेलुका योग तथा ब्यायाम गर्नु राम्रो हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ र सक्रिया बनाउन सहयोग गर्छ ।
सम्पर्क इमेल : [email protected]